११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रुसी सेनामा १५ हजार नेपालीः सीएनएन

१ फाल्गुन २०८०, मंगलवार ११:४०

फागुन १, काठमाडौँ | नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ ।

प्याकेजमा मासिक कम्तीमा २ हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको समाचारमा उल्लेख छ ।

रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेको खबरमा उल्लेख छ । धेरैजसो व्यक्तिले आफूहरू यूएई वा भारत हुँदै गएको सीएनएनलाई बताएका छन् ।


रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । रुसमा रहेका एक नेपालीले एभानगार्डमा बसेर रकेट लन्चर, बम, मेसिन गन, ड्रोन र ट्यांकको तालिम लिएको बताएका छन् ।

रुसी सेनामा भर्ना भएका धेरै नेपालीलाई रुसी भाषा बोल्नसमेत नआउने गरेको सीएनएनले जनाएको छ । युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गइसकेको छ । तर, रुसी सेनामा कति नेपाली छन् र उनीहरूको यथार्थ अवस्थाबारे सरकारसँग यकिन विवरण छैन ।

रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको छ भन्नेमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ । केही समयअघि मात्र रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका थिए ।

आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले रुसी सेनामा भर्ती नहुन सबैलाई अनुरोध गरेका थिए । रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लगेर छटपटाइरहेको र आफूजस्तै धेरै साथी फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर