२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कामको खोजीमा माघ महिनामा बिदेसिए ६२ हजार नेपाली, सबैभन्दा बढी युएई गए

२०८०, २ फाल्गुन बुधबार ११:२७

फागुन २, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पछिल्लो एक महिनामा ६२ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४ महिला रहेका छन् । ३९ हजार ४२ जनाले भने श्रम स्वीकृति मात्रै लिएका छन् । भने २३ हजार १०५ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

माघ महिनामा जी टु जी मार्फत (सरकार–सरकारबिच सम्झौता भई) १ हजार ४९४ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ६ हजार ७६२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।

३० हजार ७८६ जनाले म्यानपावर व्यवसायी (संस्थागत) मार्फत श्रम स्वीकृति लिएर बिदेसिएका हुन् । माघ महिनामा विभिन्न ९९ देशमा जानका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को माघ महिनामा भने ६४ हजार २८४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । यसअघि अघिल्लो महिना पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका थिए ।

माघ महिनामा सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरेबियाका लागि १२ हजार ३६६, कतारका लागि १२ हजार १६४, मलेसियाका लागि ६ हजार ७९५, कुवेत ३ हजार २५३ जनाले श्रम स्वीकृति (पुनः स्वीकृतिसहित) लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण