१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पोर्चुगल पठाइदिन्छु भनी १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

९ फाल्गुन २०८०, बुधबार १२:०३

फागुन ९, काठमाडौं | वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका  छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी रहेका प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीको लागि भण्डारीले टोपेन्द्र घर्तीसमेत दुईजनालाई पोर्चुगल पठाइदिने, त्यसका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएर १७ लाख ६० हजार रुपैयाँ लिइ फरार भएका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलासका क्रममा भण्डारीलाई  काठमाडौंको मित्रपार्कबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए। उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ