न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौं | वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाईदिन्छु लाखौं रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ परेका  छन्। पक्राउ पर्नेमा लमजुङ दोर्दी गा.पा. वडा नं. ०७ घर भई हालकाठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल बस्ने ३० वर्षीय रेशम गुरुङ र सोहि ठाउमा बस्ने ३० वर्षीय गंगा गुरुङ रहेका प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीको लागि गुरुङले सुरेन्द्र गिरीलाई न्युजिल्याण्ड पठाइदिने, त्यसको लागि रु. १३ लाख रुपैयाँ लाग्छ, न्युजिल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु, मासिक रु. १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. १२ लाख ७० हजार  रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रेशम गुरुङ र गंगा गुरुङको खोजतलास गर्ने क्रममा मिति २०८०।११।१३ गते अं. १४:१० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोलबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए। उनीहरुलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!