१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अब इजरायलले मेनपावरमार्फत पनि नेपाली कामदार लैजाने

२९ फाल्गुन २०८०, मंगलवार १२:२४

फागुन २९, काठमाडौं | अब मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका छन् । इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कामदारको अभाव देखिएपछि इजरायले नेपालबाट १० हजार भन्दा बढी कामदार लैजाने प्रस्ताव पटक पटक गर्दै आएको थियो । सोही आधारमा पहिलो चरणमा ५ हजार भन्दा बढी नेपाली कामदार लैजान लागेको हो । त्यसका लागि मेनपावर व्यवसायीमार्फत डिमान्ड पठाउनेछ । र वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ ।


इजरालयमा यसअघी जी–टु–जी मार्फत (सरकार–सरकार) मात्रै नेपाली कामदार जाने गरेका थिए ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले मेनपावर व्यवसायी (बी–टु–बी) मार्फत कामदार पठाउन खुला गरिएको बताएका हुन् । वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगार नियमावली अनुसार नै व्यवसायीहरूले इजरायलमा कामदार पठाउन पाउने प्रवक्ता पोखरेलको भनाइ छ ।

‘जि टु जी मार्फत कामदार पठाउन सरकारको प्रक्रिया निकै लामो हुन्छ । हामीलाई तत्कालै विभिन्न क्षेत्रमा कामदार चाहिएको छ । मेनपावर व्यवसायीमार्फत कामदार लैजाने बाटो खुला गरिगरिदिनुपर्‍यो भनेर इजरायलले पटक पटक अनुरोध आएको थियो । सोही आधारमा व्यवसायीलाई खुला गरिदिएका हौँ,’ प्रवक्ता पोखरेलले भने ।

व्यवसायीका लागि खुला गरिएसँगै कृषि क्षेत्रमा २०० जनाको डिमान्ड आइसकेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले २०० जना कामदारका लागि डिमान्ड आइसकेको र वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति समेत दिइसकेको बताए । मन्त्रालयले डिमान्ड आएपछि मात्रै खुला गरिने बताएको थियो । सोही आधारमा व्यवसायीहरूले डिमान्ड ल्याएपछि कामदार पठाउन खुला गरिएको हो । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले सरकारले  केयरगिभर बाहेक अन्य क्षेत्रमा कामदार पठाउन बाटो खुला गरिदिएको बताए । नेपालबाट इजरायलले १० हजार जना लैजाने प्रस्ताव गरेको थियो । जसमा पहिलो चरणमा ५ देखि ६ हजारको हाराहारीमा कामदार पठाउने गरी व्यवसायीहरूले तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु