२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इजरायली राजदुत र श्रममन्त्री अर्यालबीच भेटवार्ता: नयाँ कामदारको मागबारे छलफल

२०८०, २ चैत्र शुक्रबार ११:०८

चैत २, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालस्थित इजरायली राजदूत हानन गोडरबीच भेटवार्ता भएको छ । 

भेटवार्ताका क्रममा इजरायल र नेपालबीचको द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा राजदूत गोडरले श्रममन्त्री अर्याललाई जानकारी गराउनुका साथै सरकारी प्रक्रियाबाटै केयर गिभरका रुपमा नेपाली श्रमिकहरु इजरायल गइरहेको र भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरु पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने विषयमा कुराकानी भएको छ । 


यसै क्रममा राजदुत गोडरले इजरायलमा कार्यरत रहँदा इजरायल गाजा क्षेत्रमा जारी द्वन्दको क्रममा मृत्यु भएका  १० जना नेपाली बिद्यार्थीहरुको परिवारलाई क्षतिपूर्ति बापत मासिक रुपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारको निर्णय बारे मन्त्री अर्याललाई जानकारी गराएका छन् । मन्त्री अर्यालले इजरायल सरकारको उक्त निर्णयप्रति सन्तोष व्यक्त गर्दै धन्यवाद दिएका छन् । 

भेटमा श्रममन्त्री अर्यालले इजरायलबाट विभिन्न क्षेत्रमा प्राप्त मागहरुको आधारमा नेपाली श्रमिकहरुलाई पठाउने विद्यमान प्रकियालाई आगामी दिनहरुमा छिटो छरितो र सरलीकरण गर्दै लगिने आश्वासन दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति