२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

२०८०, ८ चैत्र बिहीबार ०७:२८

चैत ८, काठमाडौँ |  काठमाडौँबाट वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक ग्रीस र पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ परेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मंगलबार ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका-१२ घर भई काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्ने २३ वर्षीय निशेष कुमार मोक्तान र गोरखा धार्चे गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-३ बसुन्धारा बस्ने २० वर्षीया विनीता गुरुङ रहेका छन् । 

उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषी कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौँ बौद्धबाट र विनीतालाई काठमाडौँ बसुन्धाराबाट पक्राउ गरेको  हो । 

यता पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्वत फलेवास नगरपालिका-२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सापकोटाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित प्याकिङ कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति