२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

ताहाचल कार्यालयले भन्यो– मन्त्री ज्यूले भने जस्तो एक घण्टामा श्रम स्वीकृति दिन सकिँदैन

२०८०, ९ चैत्र शुक्रबार १०:०४

चैत ९, काठमाडौँ | वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताएको छ। 

कार्यालयकी सूचना अधिकारी कल्पना मास्केले सर्भर डाउन भइरहेका कारण एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताइन्। 

'एक जनाको श्रम स्वीकृति त सबै डकुमेन्ट पुगेको अवस्थामा तीन मिनटमै हुन्छ। तर सर्भरमा समस्या आइरहेका कारण चैत ६ गतेदेखिको श्रम स्वीकृति दिन सकिएको छैन। मन्त्री ज्यूले भने जस्तो एक दिनभित्र दिनुपर्ने सबै श्रम स्वीकृति एक घण्टामा दिन सकिँदैन,' उनले भनिन्।

पछिल्लो समय फेमिस प्रणालीमा समस्या आइरहने गुनासो छ। 

सफ्टवेयरमा समस्या आउँदा दुई/तीन दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीहरूले बताएका छन्। जसकारण श्रमिकहरूले हैरानी खेप्नुपरेको छ। समयमा श्रम स्वीकृति नहुँदा कतिपयको फ्लाइट समेत छुट्ने गरेको गुनासो छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार(आज) देखि सबै किसिमका श्रम स्वीकृति एक घण्टामा हुने व्यवस्था मिलाउन कर्मचारीहरूलाई निर्देशन दिएका थिए। 


गत आइतबार मन्त्रालयमा सम्बन्धित कर्मचारीहरूसँग छलफल गर्दै  मन्त्री अर्यालले फेमिस सुधार गर्न निर्देशन दिएका थिए। 

उनले समस्या सुधार गर्न नसक्ने भए र प्रमाणित गरेर लिखित रूपमा दिन कर्मचारीहरूलाई निर्देशन दिएका थिए। 

छलफलमा बोल्दै मन्त्री अर्यालले भनेका थिए, 'तपाईहरू सक्दिनँ भनेर प्रमाणित गर्नुस्। अहिले जुन सिस्टम छ त्यही सिस्टमबाट एक घण्टामा श्रम स्वीकृतिको काम सक्ने सिस्टम म एक महिनामा बनाउँछु, यो मेरो तपाईहरूसँग च्यालेन्ज भयो।'

यसअघि तत्कालीन श्रम मन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। 

तर नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो। पछि अख्तियारले रोकिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण