२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

प्रत्येक दिन रोजगारीका लागि विदेशिन्छन् २१ सय नेपाली, ५ जना फर्कन्छन् बाकसमा !

१४ चैत्र २०८०, बुधबार ११:४४

चैत १४, काठमाडौँ । प्रत्येक दिन २१ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गर्छन् ।

रोजगारी खोज्दै विदेशी भूमि पुग्ने यस्ता नेपालीमध्ये प्रत्येक दिन औसतमा करिब ५ जना काठको बाकसमा नेपाल फर्कने गर्छन् । अर्थात्, वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमै उनीहरुले ज्यान गुमाउँछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साढे ८ महिनामा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १ हजार २५५ जनाको शव नेपाल ल्याइएको छ । २०८० साउन १ गतेदेखि चैत १२ गतेसम्मको अवधिमा औसतमा दैनिक ४.९२ जनाको शव नेपाल आएको छ ।


वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालका अनुसार, पछिल्लो साढे ८ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र यूएईबाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ जनाको शव बोर्डको खर्चमा नेपाल ल्याइएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । अर्थात् उक्त वर्ष औसतमा दैनिक २ हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

विभागका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा श्रम स्वीकृति लिई ४ लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष सुरु भएपछि दैनिक औसतमा १ हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता ढकालका अनुसार, चालु आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये ८१७ जनाको परिवारलाई आर्थिक सहायतास्वरुप २८ करोड ९५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा १ हजार २०८ जनाको मृत्यु भएको थियो । गतवर्ष वैदेशिक रोजगारीका क्रममा जति नेपालीको विदेशी भूमिको मृत्यु भएको थियो त्योभन्दा बढी चालु आर्थिक वर्षको पहिलो साढे ८ महिनामा भएको छ ।

गत आर्थिक वर्षमा मृत्यु भएका १ हजार २०८ जनाको परिवारलाई बोर्डले आर्थिक सहयाता स्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ प्रदान गरेको थियो । ढकालका अनुसार, आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायता स्वरुप ४ अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपैयाँ उपलब्ध गरिएको छ ।

ढकालका अनुसार चालु आर्थिक वर्षको पहिलो साढ ८ महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी, अंगभंग भएका ३३३ जनालाई आर्थिक सहायत स्वरुप १० करोड ६ लाख ३५ हजार रुपैयाँ उपलब्ध गरिएको छ । 

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर विरामी भएका ३८९ जनालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको थियो ।  बोर्डका अनुसार आर्थक वर्ष २०६५/६६ देखि २०८०/८१ को चैत १२ गतेसम्म (१५ वर्ष ८ महिना १२ दिन) वैदेशिक रोजगारीमा गएका १३ हजार ३९५ जनाको मृत्यु भएको छ । 

आर्थिक वर्ष २०६५/६६ मा ७८, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा १ हजार ६, २०७२/७३ मा ८२६ र २०७३/७४ मा ७५८ जनाको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको थियो । 

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२, २०७७/७८ मा १ हजार २४३, २०७८/७९ मा १ हजार ४७९ र २०७९/८० मा १ हजार २०८ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीमा जाँदा भएको बोर्डले जनाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साढे ८ महिनामा १ हजार २५५ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान