२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कन्सलटेन्सीमार्फत विदेश पठाउने भन्दै करोडौँ असुली, दिल्ली पुर्‍याएर बनाएका थिए बन्धक

२०८०, १६ चैत्र शुक्रबार १२:१६

चैत १६, काठमाडौँ । बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गिरोहले मधेसका विभिन्न जिल्लाका कर्ण बहादुर बुढासमेत २२ जना युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्ड, माल्टालगायतका देशमा पठाउने प्रलोभन देखाएर दिल्ली पुर्‍याएको थियो । तर, दिल्लीमा युवाहरूलाई एक महिनासम्म बन्धक बनाएको प्रहरीले जनाएको छ ।


गिरोहलाई कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको हरिवनका रूपेश ठाकुर, सर्लाहीकै कृष्णबहादुर राई छन् । राईको टप च्वाइस एजुकेसन कन्सलटेन्सीमार्फत विदेश पठाउने भन्दै युवारहरूबाट करोडौँ रुपैयाँ असुल गरिएको थियो । गिरोहले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैँयासम्म ठगी गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

साथै, दीपबहादुर तामाङलाई ६ लाख ठगि गरेको आरोपमा बाजुरा घर भइ हाल काठमाडौँ  बस्ने ३५ वर्षीय पर्वाराज पाण्डे पनि काठमाडौँ नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । उनीहरू पक्राउ परेलगत्तै पीडितहरू प्रहरी कार्यालयमै पुगेका छन् । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा डीएसपी पन्थी नेतृत्वको टोली आठ महिनाको अवधिमा २८० जनालाई पक्राउ गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण