१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गराउन गैरआवासीय नेपाली संघको श्रममन्त्री समक्ष माग

२१ चैत्र २०८०, बुधबार ११:२३

चैत २१, काठमाडौँ । गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले औचापरिक माध्यमबाट रेमिट्यान्स पठाउने नेपालीहरुलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग मन्त्रालयमा भेटघाट गर्ने क्रममा संघ प्रतिनिधि टोलीले यस्तो माग गरेका हुन् ।


भेटका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र मुलुक भित्रै रोजगारी सृजना गर्नका लागि संघको संयन्त्रलाई सदुपयोग गर्न संघका अध्यक्ष डा.केसीले आग्रह गरेका छन् । संघका अध्यक्ष डा.केसीले हाल कुवेत सरकारले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई आममाफी दिएको जानकारी गराए । यही अवसरमा कुवेतमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली श्रमिकलाई नेपाल फर्कनका लागि सहजीकरण गर्न समेत उनले आग्रह गरे । 


त्यस्तै, श्रमिक कल्याणकारी कोषको उचित सदुपयोग गर्न, श्रम मन्त्रालयको नीति निर्माणको क्रममा गैरआवसीय नेपाली संघलाई पनि समावेश गराउन, इराकमा श्रम स्वीकृति खुल्ला गर्न, औचापरिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन उहाँले आग्रह गरे । साथै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, सात वटै प्रदेशमा भोकेशनल तालिम केन्द्र सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा मन्त्रालयसँग समन्वय गर्न संघ तयार रहेको उनले बताए । त्यस्तै, संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला श्रमिकलाई सुरक्षित रुपमा वैदेशिक रोजगारी जान सक्ने वातावरण बनाउने कार्यमा पहल गर्न समेत आग्रह गरिन् । भेटमा श्रममन्त्री अर्यालले श्रमिकको हित हुने कार्यमा संघसँग समन्वय गरी अगाडी बढ्न मन्त्रालयल तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण