२३ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीमा मलेशिया जाँदा लागत तिरेर गएका नेपालीहरूलाई लागत फिर्ता लिन ‘गुडइअर’ कम्पनीको सूचना

२२ श्रावण २०८१, मंगलवार ०४:५९

साउन २२, काठमाडौँ । साउन २२, काठमाडौँ । मलेशिया स्थित प्रतिष्ठित 'गुड इअर' टायर कम्पनीले मलेसियामा आफ्नो कम्पनीमा काम गरि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको भर्ना लागत रकम फिर्ता गर्ने सम्बन्धमा सूचना जारी गरेको छ । मलेसियको Goodyear Malaysia Berhad (GMB)  कम्पनीसँग जोडिएका पूर्व श्रमिकहरुले भर्ति शुल्क फिर्ता आबेदन दिनको को लागि सूचनाले आह्वान गरेको हो । सूचनामार्फत जानकारी दिँदै उक्त कम्पनिले पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरु लाई फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ ।

जारी सूचना: 


जारी सूचना अनुसार भनिएको छ 'GMB सँग अघिल्लो रोजगार सुरक्षित गर्नको लागि तपाइले तेश्रो पक्षलाई तिरेका कुनैपनि भर्ति शुल्कहरुको फिर्ता प्राप्त गर्न आवेदन दिनुहोस् । सूचना अनुसार आवेदन दिने मिति आगामी ३१ जनवरी २०२५ सम्म तोकिएको छ । भर्ति शुल्क फिर्ता पाउनको लागि नेपाली नागरिक हुनुपर्ने, पहिले GMB (गुड एअर मलेशिया बर्हाड) मा काम गरेको हुनुपर्ने, साथै उक्त कम्पनीमा जाँदा भर्ति शुल्क तिरेको र यस अघि भर्तिशुल्क बापतको रकम फिर्ता नपायको हुनुपर्ने छ । 

मलेसिया स्थित 'गुड इअर' एउटा स्थापित टायर उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न यस्तो सूचना जारी गरेको हो । 

फिर्ता आवेदन तथा थप जानकारीको लागि नेपाली युवाहरुले +९७७-९७०४२९९५१६ मा सिधा फोन गर्न वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंमा यसरी गरियो छठ समापन (फोटो फिचर) आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल त्रिभुवन विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ बढ्यो अमेरिकी डलर र युरोको भाउ एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक आजको मौसम यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना करेन्ट लागेर नेपाली सेनाको मृत्यु ‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने! उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि.. सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद