कात्तिक २४, युएई । युएईमा रहेको नेपाली दूतावासले टेलिफोनबाट नेपाली कामदारको समस्याको सुनुवाई गर्ने भएको छ । दूतावासका काम प्रभावकारी नभएको गुनासो आएपछि दूता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, युएई । युएईमा रहेको नेपाली दूतावासले टेलिफोनबाट नेपाली कामदारको समस्याको सुनुवाई गर्ने भएको छ । दूतावासका काम प्रभावकारी नभएको गुनासो आएपछि दूता"/>

2026-10-15 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा तपाईलाई कुनै समस्या परे यी नम्बरमा फोन गर्नुहोस् !


कात्तिक २४, युएई । युएईमा रहेको नेपाली दूतावासले टेलिफोनबाट नेपाली कामदारको समस्याको सुनुवाई गर्ने भएको छ । दूतावासका काम प्रभावकारी नभएको गुनासो आएपछि दूतावासले सोमबार सूचना जारी गर्दै टेलिफोनबाटै समस्या सुन्ने र समाधानका लागि पहल गर्ने जनाएको हो । 

आबुधाबीमा रहेको दुतावासले कार्यालयको टेलिफोन नम्बर ०२६३४४७६७ मा फोन गरेर सहयोग लिन सकिने छ । दूतावासले स्थानीय अरबी, अंग्रेजी तथा नेपाली भाषामा बिभागीय सेवा प्रदान गर्न लागेको कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनले जानकारी दिनुभयो । 

आवश्यकता अनुसार सेवा बारे जानकारी लिन एक्स्टेन्सन नम्बरहरुमा सम्पर्क गर्नु पर्नेछ । दुतावासको नम्बरमा फोन गरेर एक्स्टेन्सन नम्बर १०५ र १०७ मा कुरा गर्न सकिनेछ । कम्पनीबाट तोकेको सेवा सुबिधा नपाए, घरेलु कामदारको रुपमा कार्यरतहरुले तोकिएको सेवा सुबिधा नपाए, भिजिट भिसामा आएर दुःख पाएका वा कसैबाट ठगीएका बिषयमा दुतावासको यी नम्बरमा संपर्क गर्न सकिने छ ।

त्यस्तै सूचना अधिकारिलाई ११०, दुतावासको कन्सुलर सेवाका राहदानी, ट्रान्सक्रिप्ट, भिसा तथा एनओसीका लागि १०६ भिजिट भिसा सम्बन्धी कामकाजका लागि १०८ मा फोन गरेर जानकारी पाउन सकिने छ । 

युएईमा ज्यान गुमाएकाको क्षतीपूर्ति, र मृतकको शव लैजान प्रदान गरिने सिफारिस तथा कामदारका समस्या सम्बन्धमा ११२ मा संपर्क गर्न सकिने दूतावासले जनाएको छ । सुरक्षा जमानत (धरौटी) रकम बारे १०४, नियोग प्रमुख तथा भिसा सम्बन्धी जानकारी, मृतकको शब नेपाल लैजाने सम्बन्धमा १०१, रिसेप्सनीस्टमा १०९ र अरबी भाषामा बोलचाल गरेर आबश्यक जानकारी लिनु परे १०१, १०९ र ११२ मा फोन गर्न सकिनेछ । 

त्यसरी आउने गुनासालाई दुतावासले सक्दो छिट्टो समाधान गर्नतर्फ लाग्ने जनाएको छ । दुतावास आइतबार देखी बिहीवार सम्म बिहान ९ बजे देखी साँझ ५ बजे सम्म खुला रहनेछ । 

दुतावासको टेलीफोन नउठ्ने र उठे पनि आबश्यक जबाफ नपाउने गुनासो बढ्दै गएपछि दुतावासले टेलिफोन सुबिधालाई थप प्रभावकारी बनाउन प्रयास थालेको दुतावासका दितिय सचिव कृष्ण अर्यालले बताउनु भयो । कार्यालय समयमा निर्धारित नम्बर तोकिएकोले अत्यन्त जरुरी परेको समय जुन सुकै बेला दुतावासका अधिकारिलाई सिधै फोन गर्न सकिने दुतावासले जनाएको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने