कुमारपन्थी/कात्तिक ३०, कतार । कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुइ जना गत सोमबार स्वदेश फर्किएका छन । गुल्मी सेवा समाज कतारको पहल, ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुमारपन्थी/कात्तिक ३०, कतार । कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुइ जना गत सोमबार स्वदेश फर्किएका छन । गुल्मी सेवा समाज कतारको पहल, ने"/>

2026-10-15 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा अलपत्र परेका दश नेपाली मध्येका २ स्वदेश फर्किए


कुमारपन्थी/कात्तिक ३०, कतार । कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुइ जना गत सोमबार स्वदेश फर्किएका छन । गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किन पाएका हुन ।

बिगत २ महिना देखि कम्पनि मालिक फरार भएपछि मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा र बिर बहादुर बि.क. अलपत्र परेका थिए ।

जस मध्ये तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किएका छन । बाकि रहेका ८ जना नेपालीलाई एक हप्ता भित्रमा नेपाल फर्काउन पहल भइरहेको आचार्यले जानकारी दिए । आचार्य भन्छन, नेपाली दूतावास कतार र हाम्रो पहल जारी छ कम्पनि मालिकलाई दूतावास र हामीले पटक पटक सम्पर्क गरिरहेका छौ, उसले विभिन्न बहाना बनाएर उम्किन खोजिरहेको देखिन्छ । तर हामीले कुनै पनि हालतमा उम्कन नदिई पीडितले पाउन पर्ने न्याय र अधिकार दिलाएर कानुनी प्रकृया मिल्ना साथ बाकी रहेका सबै नेपालीलाई स्वदेश फर्काउने छौ ।

यदि अल वाजिर कम्पनीका मालिक र मेनपावर कम्पनीले टिकट उपलब्ध नगराए पनि ३/४ दिन भित्रमा आफुले नै सबै ब्यबस्था मिलाएर पिडितलाई स्वदेश पठाउने आचार्यले दाबी समेत गरेका छन ।

अल वाजिर कम्पनीका मालिक (मोबाइल नम्बर ५५४६९६९२) कामदारलाई बिचल्ली बनाएर करिब २ महिना देखि सम्पर्क बिहिन रहेको भनि विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी कम्पनि मालिक सम्पर्कमा आएर ५ जनालाई १ हजार रियालका दरले ५ हजार कतारी रियाल उपलब्ध गराएको थिए । बाकि पाच जनालाई केहि दिन भित्र बाकि रहेको रकम उपलब्ध गराउने बताए पनि अहिले कम्पनि मालिक पुनः सम्पर्क बिहिन बनेका छन ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनी र मेनपावर बीच समन्वय गर्ने दिपु भन्ने (मोबाइल नम्बर ७०४४३७४७) जसले उक्त कम्पनीमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर छ पिडितहरु बताउछन ।

कम्पनिले बिचल्ली बनाएर अलपत्र परेका पिडितहरुलाई  खाना  समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गर्दै आइरहेको छ । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएको  पिडितहरुले बताएका छन ।

नेपाली फर्किएका तिलक भुजेल र अम्बर थेगिंगले गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, झविन्द्र आचार्यलाई बिशेष धन्यवाद प्रकट गरे। साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताउदै बाकि रहेका ८ जनालाई छिटै नेपाल पठाई दिन समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने