मङ्सिर ८, युएई । युएईको दुबई इमिरेट्स स्थित सोनापुरमा रहेको इतिसलात क्याम्पमा बस्ने डिपिएस सेकुरिटी गोर्खाली र पाकिस्तानी बिच झगडा भएको छ । 

रातभर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, युएई । युएईको दुबई इमिरेट्स स्थित सोनापुरमा रहेको इतिसलात क्याम्पमा बस्ने डिपिएस सेकुरिटी गोर्खाली र पाकिस्तानी बिच झगडा भएको छ । 

रातभर"/>

2026-10-15 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा नेपाली र पाकिस्तानी बिच कुटाकुट, क्याम्प रणभुमिमा परिणत

मङ्सिर ८, युएई । युएईको दुबई इमिरेट्स स्थित सोनापुरमा रहेको इतिसलात क्याम्पमा बस्ने डिपिएस सेकुरिटी गोर्खाली र पाकिस्तानी बिच झगडा भएको छ । 

रातभरि डिउटी गरेर बिहान र बेलुकाको खाना बनाउने क्रममा किचनमा इलिगल बसेका पाकिस्तानी र नेपाली बिच सामान्य विवाद भएको थियो । इलिगल बसेका पाकिस्तानी नेपालीहरुले नै पालेर राखेका थिए तर बिहान ८ बजे खाना बनाईरहेको नेपाली बिचमा भनाभनबाट सुरु भएको सो घटनामा नेपालीले उनलाई हात हाले । 

उनले प्रयोग गरेको धम्कीपुर्ण अभिव्यक्ति, लडाइँको च्यालेन्जले उनलाई गोर्खाली मुक्का मिल्यो । उनले प्रतिक्रिया स्वरुप अमलेट बनाउन तताई रहेको तातो तेल सहितको प्यानले ती नेपाली माथी आक्रमण गरे । तातो उम्लेको तेलले दुई नेपाली गम्भीर घाइते भए । जवाफमा  नेपालीले आक्रमण गर्न खोज्दा उनि भागेर बचे ।

५ सय सङ्ख्यामा रहेको नेपाली  सेकुरिटीमा आवद्ध नेपालीहरुले क्याम्प बोसलाई कमप्लेन गरे । क्याम्प बोसले पुलिस बोलाउन तयार भएनन् । तर अफ़्रिकि क्याम्पबोसले अन्तमा नेपाली आक्रोशमा पुलिस बोलाए । पुलिसले हात लगाउने नेपाली लाई ५ दिन हिरासत र १ बर्ष बस्नुपर्ने केस दर्ता गर्न भने पछि नेपालीले केस दर्ता गर्न तयार भएनन् । 

त्यसपछी क्याम्प बोस र होस्टेल सेकुरिटीले ती इलिगल पाकिस्तानीलाई नेकालेपछी गोर्खालीले उनलाई मरासन्न हुनेगरी पिटेका थिए । सेकुरिटी कम्पनीमा पाकिस्तानी सेकुरिटी संख्या ५७ जना छन ।

सम्पुर्ण नेपाली लागेर १ जना पाकिस्तानी माथीको आक्रमणपछि बाहिरबाट थप पाकिस्तानी शक्ति बोलाएर नेपालीसँग लड्न भनेर लाठी लिएर आए । सुरक्षाको सम्यामताले नेपालीले डिफेन्समा बसे । नेपाली डिफेन्समा बसे पछि उनीहरुको मनोबल बढेर अझै उल्लासको साथ नेपाली माथि लडाइँको धम्की दिए । 

केस मिलापत्र गरेर फर्केको दुबई पुलिस फेरी रणभुमी परिणत हुन लागेको क्याम्पमा दिनभर रहनुपर्ने स्थित पैदा भएको थियो । सामान्य आन्तरिक भनाभनमा भएको उक्त घटनाले गोर्खाली र पाकिस्तानी बिच कश्मिरमा भएको द्वन्द्व भन्दा कम थिएन ।

नेपाली आन्तरिक, लडाइँ, शक्तिशालीको हिसाबमा कयौं गुणा शक्तिशाली भए पनि पाकिस्तानी आफ्नो धार्मिक, एउटै मुलुकको भएको कारण मर्न तयार हुने तर पछि नहट्ने कारण आगामी दिनमा पनि रणभुमी बन्ने निश्चित देखिन्छ । दुबईमा नेपालीहरुको तुलनामा पाकिस्तानी बिजनेस, सरकारी ओहदामा अब्बल छन । 

कामदारको हिसाबले पाकिस्तानी भन्दा नेपाली अझै सेकुरिटीको फिल्डमा उपस्थित धेरै छ । नेपालीको बानी सुरुको अवस्थामा जाई लाग्ने र पछी एकताको शक्तिबाट बहिर्गमन हुने बानिले मार खानुपर्ने हुन्छ । आज भएको अन्तर संघर्षमा कम्पनीको म्यानेजमेन्ट, पुलिसको उपस्थितले केस झनै गम्भीर भएको छ । अब उक्त कम्पनीमा काम गर्ने नेपाली र पाकिस्तानी बिचको तिक्तताको दुरिले नेपाली कामदारमा आन्तरिक सुरक्षा चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने