मङ्सिर ९, काठमाडौँ । साउदी अरेबिया र नेपालबीचको बहुप्रतीक्षित श्रम सम्झौता पुनः नहुने भएको छ । श्रम सम्झौता नगर्दा नेपाली कामदार शारीरिक र आर्थिक शोषणमा परे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ९, काठमाडौँ । साउदी अरेबिया र नेपालबीचको बहुप्रतीक्षित श्रम सम्झौता पुनः नहुने भएको छ । श्रम सम्झौता नगर्दा नेपाली कामदार शारीरिक र आर्थिक शोषणमा परे"/>

2026-09-24 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकियो साउदीसँगको श्रम सम्झौता


मङ्सिर ९, काठमाडौँ । साउदी अरेबिया र नेपालबीचको बहुप्रतीक्षित श्रम सम्झौता पुनः नहुने भएको छ । श्रम सम्झौता नगर्दा नेपाली कामदार शारीरिक र आर्थिक शोषणमा परेको भन्दै पटकपटक दुई पक्षीय संवाद भए पनि अन्ततः तत्काल साउदीसँगको श्रम सम्झौता नहुने भएको हो ।

नेपालमा छिटोछिटो सरकार परिवर्तन हुँदाको असर साउदीसँगको श्रम सम्झौतामा परेको हो । एकजना मन्त्रीले बनाएको कार्ययोजना अर्कोले फेर्ने र नयाँ हरेक मन्त्रीका आफ्नै रुचि हुँदा त्यसको फाइदा साउदीले लिँदै आएको छ । 

पछिल्लो पटक चार महिनाअघि नै श्रम सम्झौता गर्ने अन्तिम तयारीस्वरूप श्रम तथा रोजगार मन्त्रालयका अधिकारी साउदी पुगेका थिए । दुवै देशका अधिकारीले श्रममन्त्रीद्वारा हस्ताक्षर गर्ने काम मात्र बाँकी रहेको र जसका लागि मिति जुराउने तयारी गरिरहेको बेला नेपालमा सरकार परिवर्तन भएपछि रोकिएको श्रम सम्झौताको प्रक्रिया अब कहिले बढ्छ भन्ने अन्योल सिर्जना भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका अधिकारीका अनुसार त्यतिखेर अन्तिम अवस्थामा पुगेको भनिएको श्रम सम्झौताबारे अहिले साउदी सरकारले कामदारको बिमा गर्न नसकिने भन्ने जानकारी दिएको छ । श्रम सम्झौता हुँदा रोजगारदाता कम्पनीले बिमा गर्ने व्यवस्था नमिलाउने हो भने श्रम सम्झौता गर्नु र नगर्नुको कुनै अर्थ नहुने श्रमविज्ञ बताउँछन् । 

‘साउदीले इस्लाम कानुनको हवाला दिँदै कामदारको बिमा गर्न नसकिने जानकारी दिएको छ,’ श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले भने, ‘नेपाल कामदारको बिमा गराउने पक्षमा छ । बिमाको कुरा मिलेपछि साउदीसँग श्रम सम्झौता होला ।’

नेपालसँग श्रम सम्झौता नगरे पनि कामदार आफ्नो मुलुकमा जान नरोकिने अवस्था बुझेको साउदीले विभिन्न बहानामा कामदारमुखी श्रम सम्झौताका बुँदालाई लत्याइरहेको छ । नेपालले सुरुदेखि नै श्रम सम्झौता नगरी कामदार पठाइरहेकाले तत्कालीन सरकारको दोष वर्षौंदेखि नेपाली कामदारले भोग्दै आएका छन् । 

वैदेशिक रोजगारीका क्रममा ठगिएका कामदारलाई कानुनी सेवा पु¥याउँदै आएको पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल तत्कालीन सरकारले श्रम सम्झौता नगर्दाको मार कामदारले वर्षौंदेखि भोगिरहेको बताउँछन् । 

‘पहिला त श्रम सम्झौता भएन, भएन, अब पनि श्रम सम्झौता गर्न नसक्नु नेपालको ठूलो कमजोरी हो । द्विपक्षीय श्रम सम्झौता नहुँदा विदेशको श्रम बजार कामदारमुखी हुन सक्दैन,’ लुइँटेलले भने, ‘नेपालले आफ्ना नागरिकले भोगिरहेको जोखिम घटाउने हो भने साउदीसँग मात्र होइन, थुप्रै मुलुकसँग श्रम सम्झौता गर्नुपर्ने हुन्छ ।’

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएर १ सय ७ देश (१ सय १० मध्ये इराक, सिरिया, लिबिया रोकिएको) श्रमिक पठाउन अनुमति दिए पनि नेपालले अहिलेसम्म छ देशसँग मात्र श्रम सम्झौता गरेको छ । श्रमविज्ञ लुइँटेल भन्छन्, ‘छ देशमध्ये पनि द्विपक्षीय श्रम सम्झौता भन्न लायक कतारसँगको श्रम सम्झौता मात्र हो । बाँकी मुलुकसँग एक खालको समझदारीजस्तै हो ।’ नेपालबाट सर्वाधिक कामदार जाने मुलुक मलेसिया र त्यसपछिको गन्तव्य साउदीसँग कामदारको हितका लागि श्रम सम्झौता र समझदारी हुन नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण र लाजमर्दो भएको लुइँटेलको भनाइ छ । ‘सरकारी अधिकारीले वर्षौंदेखि बेवास्ता गर्दै आइरहेका छन्,’ उनले भने । 

नेपालले हालसम्म श्रम सम्झौता र समझदारी गरेका मुलुकमा कतार, बहराइन, ओमान, जापान, कोरिया र इजरायल मात्र हुन् । कोरिया र इजरायलमा जिटुजी (दुवै देशका सरकारी तवर) प्रक्रियाबाट मात्र कामदार जान पाउँछन् । दुवै देशका सरकारी निकायमार्फत इजरायल र कोरियामा कामदार पठाइने भएकाले त्यहाँ शोषणमा पर्ने कामदारको संख्या तुलनात्मक रूपमा कम छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुर्तेल बिमा कामदारको अधिकार भए पनि साउदीले अटेरी गर्दा विद्यमान समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे अन्योल भइरहेको बताउँछन् । हाल वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका या अंगभंग भएका कामदारलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले राहत रकम उपलब्ध गराउँछ । 

श्रम सम्झौतामा बिमा हुने हो भने पीडित कामदारका परिवारलाई रोजगारदाताले पनि क्षतिपूर्ति दिनुपर्ने हुन्छ । पछिल्लो समयमा दैनिक १२ देखि १५ सय वैदेशिक रोजगारीमा जाने युवायुवतीमध्ये तीनदेखि पाँचजनाको विदेशमै निधन हुने गरेको छ । वैदेशिक रोजगारीमा नेपालीले सबैभन्दा धरै ज्यान गुमाउने र अंगभंग हुने मुलुकमध्ये मलेसिया र साउदी अग्रस्थानमा छन् । जब कि ती दुवै मुलुकसँग नेपालले श्रम सम्झौता गर्न सकेको छैन ।

साउदीसँग श्रम सम्झौता हुन नपाउँदै नेपालले खाडीका अन्य मुलुकमा घरेलु कामका लागि महिला पठाउने अनुमति दिएपछि श्रमिक झनै मारमा पर्ने कतिपयको बुझाइ छ । करिब तीन वर्षअघि साउदीमा घरेलु कामदारका रूपमा रहेकी कानी शेर्पाको रहस्यमय मृत्युपछि तत्कालीन सरकारले खाडी मुलुकमा घरेलु कामका लागि महिलालाई पठाउन रोक लगाएको थियो । 

केपी शर्मा ओली नेतृत्वको सरकारका श्रम तथा रोजगार मन्त्री दीपक बोहराले खाडीमा महिला पठाउन अनुमति दिएपछि यतिखेर धमाधम खाडी मुलुकमा घरेलु कामका लागि महिला गइरहेका छन् ।

महिलालाई घरेलु कामदारका रूपमा पठाउनुअघि कम्तीमा साउदीसँग श्रम सम्झौता गर्नुपर्ने धेरैले माग गरे पनि सरकारले त्यतातर्फ ध्यान नदिएर महिला पठाउने निर्णय मात्र ग¥यो । 

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुर्तेलका अनुसार साउदीसँग श्रम सम्झौता गर्न बिमाबाहेक रोजगारदाता परिवर्तन गर्ने कामदारमाथिको सजायबारे पनि कुरा मिल्न सकेको छैन । नेपालले कामदारले समस्या भोगेको खण्डमा कम्पनी वा रोजगारदाता परिवर्तन गर्न पाउनुपर्ने अडान राखेको छ भने केही समयअघि साउदी सरकारले रोजगारदाता वा कम्पनी परिवर्तन गर्नेमाथि थप कठोर हुने भन्दै जरिवाना रकममा भारी वृद्धि गरेको थियो । 

श्रम सम्झौताको अर्को विषय पारिश्रमिकमा भने साउदीले नेपालको माग अनुसार नै मासिक न्यूनतम तलब ११ सय रियाल पु¥याउन मञ्जुरी जनाएको छ । अहिले साउदीमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक मासिक सात सय रियाल छ । शुक्रबार साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी