2026-07-04 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेहरुका लागी खुशीको खबर

2016-11-25

मङ्सिर १०, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले श्रम इजाजत जारी गर्न अब लाइनमा बस्नु नपर्ने व्यवस्था गर्नै लागेको छ । सरकारले अब अनलाइन सिस्टमबाटै श्रम इजाजत लिने प्रणालीको सुरुवात गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले पहिलो चरणमा व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियालाई अनलाइन सिस्टममा लैजाने अन्तिम तयारी गरेको हो । अबको १० दिनभित्र यस्तो सुविधा सहितको अनलाइन सिस्टम सुरुवात गरिने विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिइन् ।

कुनै प्राविधिक जटिलता नआएर विभागले मंसिर १५ गतेदेखि यो सिस्टम लागू गर्ने उनले बताइन् । अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौंको तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन । श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ ।

यसले कामदारलाई अहिले विभागमा हुने सास्ती घट्ने र दलालहरुको ठगी नियन्त्रण हुने सरकारको विश्वास छ ।

व्यक्तिगत स्वीकृतिबाट सुरुवात

यो सिस्टमलाई विभागले परीक्षणका रुपमा व्यक्तिगत श्रम स्वीकृति लिनेहरुका लागि मात्रै खुला गर्ने तयारी गरेको प्रवक्ता भट्टराईले बताइन् । संस्थागत श्रम स्वीकृतिका लागि भने व्यक्तिगतको परीक्षण सफल भएपछि मात्रै लग्ने तयारी विभागको छ ।

‘यसले कामदारलाई घन्टौं लाइनमा बसेर बैंकमा शुल्क तिर्नुपर्ने र फेरि विभागको कार्यालमय पुगेर पनि लाइनमै लामो समय बिताउनुपर्ने अवस्थालाई सहज गर्नेछ’ प्रवक्ता भट्टराईले भनिन्-‘यसले कामदारलाई अनलाइनमार्फत नै आफ्ना कागजी प्रक्रियाहरु अघि बढाउन सहज पार्नेछ ।’

अनलाइन आवदेन

विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एर्फइआईएमएस) नाम दिएको छ । यो सिस्टमबाट पहिलो चरणमा व्यक्तिगत रुपमा विदेश जान लागेका र श्रम इजाजत नवीकरणका लागि आएका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ ।

सुरुवातमा व्यक्तिगत पहलमा आएको भिसामा विदेश जान चाहेका युवाले एर्फइआईएमएस सिस्टममा आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्नेछ । यो इमेल आइडी बनाए जस्तै हुनेछ ।

यसमा आफ्नो नाम, ठेगाना, पासपोर्टका विवरण लायात सबै कानुनी व्यक्तिगत डिटेल अनलाइनमा राख्नुपर्छ । यो राखेपछि सिस्टममा पछि ‘लग इन’ हुन आफ्नो एउटा युजर र पासवर्ड पनि सेट गर्नुपर्छ । यो फेसबुक बनाएजस्तै सरल प्रक्रिया हो । इन्टरेनेटमा आफ्नो डाटा राख्न सक्नेले यसलाई सजिकै प्रयोग गर्न सक्छन् ।

कसरी गर्ने ?

यो आइडी बनाएपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्छ । जसलाई विभागले अफिसियल अनलाइन डकुमेन्टका रुपमा स्वीकार गर्छ ।

यसैका आधारमा विभागले यो व्यक्ति कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण प्राप्त गर्छ । त्यसअनुसार अब विभागले सो व्यक्तिको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । अनलाइन आवेदन गरेपछि तपाईंको प्रक्रिया प्रमाणित -एप्रोभ) भएको जानकारी विभागले कामदारकै इमेलमा पठाउँछ ।

बैंकिङ प्रक्रिया पनि सरल हुने

त्यसपछि बैंकमा तोकिएको शुल्क जम्मा गर्न सकिनेछ । यो सिस्टम सुरु भएपछि अहिलेजस्तो ताहाचलमै रहेका सीमित बैंकका काउन्टरमा हैन, देशका ठूला बाणिज्य बैंकमा जुनसुकै शाखाबाट सरकारको खातामा रकम जम्मा गराउन सकिनेछ ।

विभागले झण्डै २० वटा बैंकसँग कामदारले जहाँसुकैबाट रकम जम्मा गर्न सक्ने गरी सम्झौताको तयारी गरेको छ । अहिले सीमित बैंकमा केही काउन्टरबाट मात्रै सरकारले तोकेको शुल्क तिर्नुपर्दा कामदार घन्टौं लाममा बस्नुपर्ने समस्यामा छन् ।

प्रक्रियाका सबै रेकर्ड सरकारसँग

त्यसपछि विदेश जानु अघि लनुपर्ने ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ । त्यहाँ तपाईले ‘थम्प्स’ गरेपछि विभागमा यो जानकारी पुग्छ ।

मेडिकलका लागि पुग्दा पनि यसैगरी विद्युतीय हाजिरी हुनेछ । मेडिकलले पनि सम्बन्धित व्यक्तिको मेडिकल रिपोर्ट सरकारको सिस्टममा पठाउँछ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले गरेका बीमाका सबै रेकर्ड पनि यो सिस्टममा स्वतः जान्छ । यसका लागि विभागले बीमा कम्पनीहरुसँगको सहकार्यमा विशेष व्यवस्था गरेको छ ।

यी हरेक प्रक्रिया पुरा भएपछि सिस्टमले कामदारको इमेलमा नोटिफिकेशन पठाउँछ । यसका आधारमा कामदारले आफ्नो कागजी प्रक्रिया कहाँ पुगेको छ भन्ने सजिलै जाकारी पाउनेछन् ।

श्रम इजाजत नवीकरण गर्नेले भने आरियन्टेशन र मेडिकल गर्नुपर्दैन । विदेश गएर फर्किएकाहरुको रेकर्ड विभागको सिस्टममा हुने भएकाले यो प्रक्रिया नभिएपनि नीकवरणलाई सिस्टमले प्रमाणित गर्नेछ ।

आफ्ना सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि सेवाग्राही विभागको कार्यालयमा पासपोर्ट लिएर जानुपर्नेछ । त्यसमा श्रम अधिकारीले श्रम स्वीकृति दिएर स्टीकर टाँसिदिनेछन् ।

एकाउन्टबाटै सहयोग पनि माग्न सकिने

केही समयपछि म्यानपावर एजेन्सीले पनि यही सिस्टममा रहेर श्रम का लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सिस्टम सुरु भएपछि एर्फइआईएमएस सिस्टममा बन्ने आफ्नो अनलाइन एकाउन्टबाट सरकारसँग आफ्ना जिज्ञासा र गुनासा छन् भने पनि म्यासेजका रुपमा लेख्न सकिनेछ ।

यसलाई विभागले हेरेर तपाईंलाई आवश्यक सहयोग पनि गर्नेछ । यसका लागि एकाउन्टको युजर र पासवर्ड भने तपाईंसँग सुरक्षित हुनुपर्छ । विदेशमा रहँदा आफुलाई परेका समस्याहरु सरकारलाई जानकारी गराउने यो भरपर्दो माध्यम हुनेछ ।

विभागकाअनुसार यसलाई जटिल रुपमा लिनुपर्ने कुनै कुरा हुने छैन, किनभने यो जिमेल र फेसबुक चलाएजस्तै हो ।

यही सिस्टमको प्रयोगबाट भविष्यमा विदेशमा वा एयरपोर्टमा नै श्रम इजाजत नवीकरणको व्यवस्था गर्न पनि सहज हुनेछ । सरकारले विदशेमै श्रम इजाजत दिने नीति लिएकाले यो सिस्टम अब सरकारको सहयोगी बन्नेछ ।

बैंकिङ र बीमाका प्रक्रिया पूरा गरेकालाई विदशेमै श्रम इजाजत दिन समस्या हुनेछैन । कामदारले आवश्यक प्रक्रिया पूरा गरेको जानकारी विभागको सिस्टममा स्वतः जाने भएकाले यसले थप नयाँ व्यवस्था गर्न सहज हुनेछ । अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो