मङ्सिर १३, युएई । सारजाहमा रहेको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रुपमा काम गर्ने बुटवलकी सुनमाया थापा दुई वर्ष जेलमा  बसिन । 

सुनमाया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १३, युएई । सारजाहमा रहेको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रुपमा काम गर्ने बुटवलकी सुनमाया थापा दुई वर्ष जेलमा  बसिन । 

सुनमाया"/>

2026-10-15 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा यसरी पनि समस्यामा परिन्छ ! जानी राखौ


मङ्सिर १३, युएई । सारजाहमा रहेको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रुपमा काम गर्ने बुटवलकी सुनमाया थापा दुई वर्ष जेलमा  बसिन । 

सुनमायासँगै एउटै घरमा काम गर्ने इन्डोनेसियन महिलाले अबैध रुपमा गर्भधारण गरेको रहेछ । मायालाई यासबारे थाहा थिएन । पेट देखिन लागेपछि उनले चाल  पाइन् । अवैध रुपमा गर्भधारण भएकाले बच्चा जन्माउन समस्या थियो । त्यसैले मायाले आफ्नो सहकर्मी इण्डोनेसियन महिलाई सम्झाइन र घरेलु विधी मार्फत भ्रुण फाल्न शुझाब दिईन । पछि गर्भ तुहाएकोबारे घर मालिकले थाहा पाए र प्रहरीकहाँ उजुरी गरे । 

अदालतले कानुन विपरित काम गरेको भन्दै इन्डोनेसियन महिलालाई आजिवन जेल सजाय सुनायो । मायालाई पनि गलत काममा गर्न उक्साएको भन्दै पक्राउ गरेर दुई वर्ष जेल सजाय दिइयो । उनि गएको तिहारका बेला नेपाल फर्किन । 

घरेलु कामदारका रुपमा दुवईमा कार्यरत झापाकी ठूलीमाया अहिले जेलमा हुनुहुन्छ । उनको जिम्मेवारी बच्चा हेर्ने थियो । गएको महिना १३ महिने बच्ची रेलिङबाट खसिन । उनको घटनास्थलमै ज्यान गयो । बच्चा राम्रोसँग नहेरेको भन्दै ठूलीमाया विरुद्ध मुद्धा दर्ता भयो । उनि अहिले दुवईको जेलमा रहेकी छिन । 

सारजाहको रोला पार्कमा कुम जोडेर बसेका जोडीहरु पक्राउ पर्न थालेका छन् । पार्कमा बसेर अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरीले त्यस्ता जोडीलाई पक्राउ गर्ने गरेको छ । त्यसरी पक्राउ पर्नेमा नेपाली कामदारसमेत छन् । 

रक्तिमका गायक जीवन शर्मा आएको कार्यक्रममा सहभागी हुन सारजाहमा कार्यरत अर्घाखाँचीका राजु खड्का पनि दुवई आएका थिए । शुक्रबार दुवईमा पार्किङको समस्या हुन्छ । त्यसैमाथी साथीभाइलाई सहयोग गरिएन भने धेरै कुरा सुन्नु पर्ने । 

त्यसैले खड्काले आफ्नै गाडीको चावी आफ्नै सहयात्री नुवाकोटका रविन्द्र लामालाई दिएर क्यारिफोरमा सौच गर्न गए । रक्तिम कार्यक्रममा जान चाहने नेपालीलाई बरदुवई बसपार्कबाट कार्यक्रमस्थलसम्म जाँदा सँगै लगेर सहयोग गर्ने उद्देश्यले उनले नजिकका साथीहरुलाई गाडीमा राखेका थिए । फर्केर आउँदा गाडीभित्र बसेका कोही थिएनन । 

उनीहरुलाई सिआइडीले पक्राउ गरेको रहेछ । सडक तथा यातायात हेर्ने निकाय आरटीए र  सीआइडी आएर उनीहरुसँग परिचयपत्र माग्दा नदिएपछि उनीहरुलाई पक्राउ गरियो । र पछि अवैध रुपमा मान्छे राखेर भाडा असुलेको भन्दै जरिवाना बापत रसिद काटिदियो । पछि राजुले जरिवाना त तिर्नुपरेन तर धेरै झञ्झट बेहोर्नुपर्यो । 

युएईमा नचिनेका मानिस र भाडा लिएर निजी गाडीमा ओसारपसार गर्न पाईदैन । कसैले त्यसो गरेको पाइएमा २० हजार देखी ४० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । उज्यालोनालाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने