मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै "/>

2026-10-15 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतार एयरवेजको फाइनल अन्तर्वार्ता दिन भन्दै दलालले डेढ लाख माग्यो’

मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै लागि विदेश जाने अधिकांश नेपालीहरुका अनुसार म्यानपावरले तोकेको रकम भन्दा १० गुणा बढी शुल्क अशुल्दा पनि लाचार भएर पैसा तिरेर विदेश जानुपर्ने हुन्छ । 

बैदेशिक रोजगारी अन्तर्गत नेपालमा कतार तथा दुबईबाट ठूला कम्पनीहरुले कामदारको माग गरेका हुन्छन् । ठूला कम्पनीहरुले सकेसम्म निशुल्क नेपाली कामदारलाई आफ्नो कम्पनीमा काममा लैजाने गर्छन तर नेपालमा भने दलाल र म्यानपावरहरुको चलखेलका कारण त्यस्ता ठूला कम्पनीमा जान पनि कामदारहरुले चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ । 

यस्तै एउटा तथ्य हामीले प्राप्त गरेका छौं:

यही डिसेम्वर ४ र ५ गते गोकर्ण फरेस्ट रिसोर्टमा भएको कतार एएरवेजको प्री-अन्तर्वार्ता दिएर घर गएका गणेश आचार्य (नाम परिवर्तन) लाई अन्तर्वार्ता भएको तीन दिनपछि रोयल इन्टरनेशनल म्यानपावरका बताउने ‘प्रेम’ नाम गरेका व्यक्तिको फोन आयो । 

आचार्यलाई प्रेम नाम गरेका ति व्यक्तिले फोनमा भने – ‘तपाइँ कतार एयरवेजको प्रि अन्तर्वार्तामा पास हुनुभएको छ, फाइनल अन्तरवार्ता दिने हो भने डेढ लाख बुझाउनु पर्छ, पास हुनुभएन भने हामी तपाइको पैसा फिर्ता गर्छौं ।’ 

आफुलाई सुरुवातदेखिनै ‘प्रेम दाई’ बताउने ति व्यक्तिलाई गणेशले व्यक्तिगत माध्यमबाट केहिदिन अघि मात्र चिनेका थिए । ति प्रेम दाई भन्नेको फोनपछि आचार्य गम्भीर बने । त्यसपछि उनले साझा सबाल डट कमलाई आफुलाई आएको फोनबारे जानकारी गराए । उनले भने- ‘कतार एयरवेजमा फाइनल भिड्न डेढ लाख तिर्नुपर्ने भन्दै फोन आयो, के गर्ने होला ?’ हामीले उनलाई फेरी फोन आयो भने त्यसलाई रेकर्ड गर्न भन्यौं, उनले हामीले भने अनुरुप नै गरे । फेरी पनि ति एजेन्टले पहिलेकै कुरा दोहोर्याए, जुन कुरा आचार्यको फोनमा रेकर्ड भएका छन् । फोनमा ति प्रेमदाई भन्नेले आचार्यसँग भोलीसम्ममा डेढ लाख नदिए फाइनलमा भिड्न नपाउने बताएका छन् । 

यो बिषयमा हामीले कतार एयरवेजको डिमाण्ड ल्याएको कम्पनी रियल रेडीएन्टल म्यानपावरमा सम्पर्क गर्यौं । फोन म्यानपावरका एक जना प्रतिनिधिले उठाए । हामीले घटना बताएपछि उनले प्रि-पास भएकाहरुलाई फाइनल अन्तर्वार्ता दिन कुनै पैसा नलिएको बताए । 

म्यानपावरसंगको १० मिनेटसम्मको हाम्रो स्पस्टिकरणमा उसले कतार एअरवेजमा जानको लागि एक रुपयाँ पनि लिन नमिल्ने भन्दै आफुहरुले त्यस्तो नगरेको बताएको छ । उसले त्यस्तो काम दलालहरु मार्फत भएको समेत आरोप लगाएको छ । साथै उसले त्यसरी पैसा तिरेर वा एजेन्ट मार्फत आएकाहरुलाई विदेश नपठाउने बताएको छ । कम्पनीका एक अधिकारीले हामीसँग पटक-पटक भने – ‘हामीले प्रकाशित गरेको डिमाण्डमै स्पष्ट भनेका छौं, कतार एयरवेजमा जान पैसा लाग्दैन | यदी कसैले पैसा मागे हामीलाई सुचना गर्नुस, हामी कारबाही गर्छौं ।’  म्यानपावरले कुनैपनि हालतमा एजेन्टसँग पैसाको कारोबार नगर्न सार्वजनिक अपिल समेत गरेको छ । 

कतार एयरवेजमा जानको लागि एजेन्टहरुले चर्को पैसा असूलेको खबर पाएपछि हामीले गणेश आचार्य (नाम परिवर्तन) लाई त्यसको बास्तबिकता बताउन आग्रह गरेका थियौं । हामीले सत्यतथ्य बुझ्न सोहि कम्पनीमा जान चाहेका र अन्तर्वार्ता दिएका अरु नेपालीहरुलाई पनि गोप्य सूचना दिन आग्रह गरेका छौं । 

सम्बन्धित म्यानपावरको सूचना यस्तो छ: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने