पुस ४, काठमाडौँ । मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौँ । मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ"/>
2026-10-15 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलालहरुले थाइल्यान्ड पुर्याई अलपत्र पार्नेक्रम बढ्यो

पुस ४, काठमाडौँ । मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । 

मानव तस्करले अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया तथा युरोपका केही मुलुकलगायत आकर्षक देशमा प्रवेशाज्ञा लगाई पठाइदिने प्रलोभनमा पारी ठग्दै आएकाले त्यसमा नपर्न थाइल्यान्डस्थित नेपाली दूतावासले आज विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । तस्करले आकर्षक गन्तव्य मुलुकको प्रवेशाज्ञा प्राप्त गर्न थाइल्यान्डबाट सहज हुने तथा त्यहाँबाट त्यस्ता देशमा जानसमेत सजिलो हुने जनाउँदै नेपालीलाई सुरुमा सम्बन्धित देशको प्रवेशाज्ञा लागेपछि मात्रै रकम दिने सर्तमा राजधानी बैंकक बोलाउने गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, “थाइल्यान्ड आइसकेपछि अनेक बहाना बनाएर सकेसम्म धेरै पैसा मगाउन लगाई निजबाट लिने र कानुनी रुपमा थाइल्यान्ड बस्न पाउने अवधि समाप्त भई अवैधानिक भएपछि यहाँका प्रहरी प्रशासनलाई खबर गरी÷गराई पक्रन लगाउने वा प्रवेशाज्ञाको अवधि बढाउनका लागि छिमेकी मुलुक (मलेसिया, सिङ्गापुर, कम्बोडिया आदि) गएर आउन सुझाउने र त्यहाँ गइसकेपछि ती मुलुकबाट थाइल्यान्डको प्रवेशाज्ञा उपलब्ध नहुने हँुदा त्यतै अलपत्र परी नेपाल फर्कन बाध्य पार्ने गरेको देखिन्छ ।” 

कतिपय अवस्थामा विकसित देशको नक्कली प्रवेशाज्ञा लगाएर कबोल गरे जति रकम असुल गरी पीडितलाई नक्कली प्रवेशाज्ञा दिने र सोको सूचना त्यहाँका प्रहरी प्रशासनलाई दिई पक्राउ गराउनेजस्ता कार्यसमेत भएको दूतावासले जनाएको छ । 

मानव तस्करले आफ्नो वास्तविक परिचय नखुलाई नक्कली नाम र ठेगाना बताएर ठग्ने हुँदा पीडितले तिनविरुद्ध उजुरी गर्नसमेत नसक्ने अवस्थाको सिर्जना हुने र पीडित नै प्रहरीद्वारा पक्राउ पर्ने गरेको देखिएको छ । पीडकको नाम र ठेगाना दिन नसक्ने अवस्थामा प्रहरीले पक्राउ परेका पीडितलाई कानुनी रुपमा दोषी ठहर्याई कारबाहीमा पार्ने गरेका छन् । थाइल्यान्डबाट मात्र नभई छिमेकी मुलुक कम्बोडिया, लाओस, भियतनामबाट समेत यस प्रकारको ठगी धन्दा मौलाउन थालेको दूतावासले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, “आफू ठगिनुभन्दा अगाडिसम्म यस राजदूतावासमा जानकारी गराएमा आफू गन्तव्य मुलुकको प्रवेशाज्ञा प्राप्त गर्नबाट वञ्चित भइने डरले यस राजदूतावासलाई जानकारी नगराउने र सम्पूर्ण रुपमा ठगिइसकेपछि मात्र यस राजदूतावासमा सम्पर्क गर्न आउने गरेका कारणले गर्दा पनि समयमै ठगिनबाट बचाउन नसकिने अवस्था छ ।” मानव तस्कर र दलालले भन्ने गरे झँै नेपालीलाई थाइल्यान्ड, कम्बोडिया, लाओस आदिबाट विकसित मुलुकको प्रवेशाज्ञा सहज रुपमा प्राप्त नहुने भएकाले यसप्रति सचेत हुन र मानव तस्करको प्रलोभनमा नपर्न सबै नेपालीलाई आग्रह गरिएको छ । 

महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले पछिल्लो दिनमा थाइल्यान्ड लैजाने बहानामा आफहरु ठगिएको जनाई उजुरी आउनेक्रम बढ्दै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“उजुरीका आधारमा केही मानव तस्करलाई पक्राउ गरिएको छ र पीडितलाई रकमसमेत दिलाइएको छ ।” ठगीमा परेकाहरुलाई महाशाखामा आई उजुरी दिनसमेत उहाँले आग्रह गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने