पुस ६, दक्षिण कोरिया । दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ । 

प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, दक्षिण कोरिया । दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ । 

प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) "/>

2026-10-15 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५६ हजार कामदार भित्र्याउँदै दक्षिण कोरिया

पुस ६, दक्षिण कोरिया । दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ । 

प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो । यो संख्यामा नयाँ र पुनः प्रवेश गर्ने दुबै कामदार रहनेछन् । तीमध्ये दुई हजार कामदार कम्पनीले मागेमात्रै आपूर्ति गरिनेछ । ४१ हजार ६ सय ६८ जना अवधि सकिएर फिर्ता हुनेहरुको ठाउँमा पूर्ति गरिनेछ ।  उक्त संख्या पूरा गर्न सोही बराबर कामदार भित्र्याउने निर्णय कोरियाले गरेको छ । यस्तै चार हजार तीन सय ३० जना नयाँ कामदार माग गरिने भएको छ ।

निर्धारित कोटाबाट उत्पादन क्षेत्रका लागि ४२ हजार तीन सय कामदार छुट्याइएको छ । यस्तै कृषि तथा पशुपालन क्षेत्रका लागि ६ हजार ६ सय कामदारले प्रवेश पाउने छन् । यसैगरी मत्स्यपालनमा दुई हजार ६ सय, निर्माणमा दुई हजार चार सय र सेवा क्षेत्रमा एक सय कामदार भित्र्याउने समितिले निर्णय गरेको छ । नव प्रवेशी कामदारहरु ४३ हजार हुनेछन् भने १३ हजार सीबीटीमार्फत आपूर्ति गरिनेछ ।

निर्धारित कोटालाई चार चरणमा पूर्ति गर्ने समितिको निर्णय छ । कुल माग गरीएका कामदारलाई जनवरी, अप्रिल, जुलाई र अक्टुबरमा संख्या छुट्याएर माग गरिने छ । कोटा निर्धारण समितिका अनुसार २०१७ का सुरुका तीन महिनाका लागि १० हजार पाँच सय ३० कामदारले कोरिया प्रवेश पाउनेछन् । अप्रिल, मे र जुनका लागि १० हजार तीन सय २० कामदारलाई कोरिया ल्याइनेछ भने जुलाई, अगष्ट र सेप्टेम्बरमा सबैभन्दा बढी १० हजार पाँच सय ५० मजदुर कोरिया भित्र्याउने निर्णय समितिले गरेको छ ।

वर्षको अन्तिम तीन महिनामा ९ हजार ६ सय कामदार कोरिया आउनेछन् । नेपाली कामदारहरुलाई सेवा, निर्माण र मत्स्यपालनमा काम गर्न अनुमति खुला गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने