2026-10-15 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँबर्ष पछी दुबईमा डिपिएस सेक्युरिटीमा नयाँ नीति, तलब ६६ हजार पुर्याइने

हेम चन्द्र राई | पुस १४, दुबई | वैदेशिक रोजगारी आकर्षक गन्तव्य दुबई डिपिएस (डिपार्टमेन्ट प्रोटेक्टिभ सिस्टम ) सेकुरिटीमा रहेको सेकुरिटीहरुको तलब नयाँ बर्षसंगै बढ्ने भएको छ । 

दुबई स्थित डिपिएस अफिसको मिटिङ ७ अक्टोबर २०१६ मा जारी बैठकले अब दुबईमा रहेको डिपिएस सेकुरिटीको डिपिएस अलाउन्स ६० प्रतिशत बढाएर ७२० दिराम पुर्‍याउने निर्णय गरेको थियो । बेसिक १२०० दिराम , तोकिएको ओभरटाइम ३४२ , डिपिएस अलाउन्स ७२० दिराम गरि जम्मा २२६२ दिराम नेपाली ६६,५०० पाउनेछन । यस अधि सोही सेकुरिटीमा बेसिक १२०० , ओभरटाईम ५८२ , डिपिएस अलाउन्स २४० गरि २०२२ दिराम तोकिएको थियो । सेकुरिटीमा आकर्षण थलो दुबईमा यशअघि २०२२ नेपाली ५९,५०० तोकिएको भए पनि प्राय कम्पनीले बेसिक १२०० र ओभरटाईम ५८२ गरि १७८२ नेपाली ५२,५०० रुपैयाँ मात्रै थाप्दै आएका थिए । अब डिपिएस सेकुरिटीको डिपिएस अलाउन्स सङ्गै डिउटीमा लगाउने पोसाक पनि परिवर्तन हुँदै छ । सबै सेकुरिटी कम्पनीमा एकरुपता ल्याउने र दुबईमा डिपिएस सेकुरिटी थप जिम्मेवार दिदै व्यवसायीक बनाउने लक्ष्यको साथ नयाँ निति अवलम्बन सरकारले गर्दै छ ।

युएईमा दुबई इमिरेट्समा मात्रै डिपिएस सेकुरिटी सिस्टम लागू गरिएको छ । २४ २००८ बाट दुबई पुलिसले डिपिएस सेकुरिटीलाई सब डिभिजनको रुपमा ट्रेनिङ , क्लास , गराई दक्ष बनाएर उनीहरुको परिक्षा लिनेे र पास हुनेलाई मात्रै दुबई डिपिएस सेकुरिटीमा लिने गरेको छ । कुनै पनि सेकुरिटीले दुबईमा कामको लागि पुगेपछि दुबई पुलिस एकेडेमीमा गएर ५ दिन क्लास दिने र मौखिक २० मार्क , लिखित २० मार्क ,  टिकमार्क ६० र फिजिकल सेटअप र पुस अप २४/२४ पटक गर्दै १२ मिटर ८ मिनेटमा डौड मार गर्नुपर्ने हुन्छ । सबै मौखिक लिखित फिजिकल पास भए पछि दुबई पुलिस एकेडमीले डिपिएसको लागि कार्यलयमा लाईसन्सको लागि योग्य रहेको भनी १५ दिनमा सेकुरिटी गार्डमा काम गर्न पाउनेछ । दुबईमा बिजनेस मल , स्टार  होटल , होटेल , रेसिडेन्ट क्षेत्र , पार्किङ , इभेन्ट गर्ने स्थल , महत्त्वपूर्ण सम्पुर्ण क्षेत्रमा डिपिएस सेकुरिटीले सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ ।

७ अक्टोबरको दुबई सरकार , पुलिस , डिपिएसको सयुक्त बैठकले दुबई पुलिसको सब डिभिजन डिपिएस सेकुरिटीलाई थप  जिम्मेवार समेत दिएको छ । बिशेष गरि पुर्वीया र पश्चिमी मुलुकहरूको बिजनेस हबको रूपमा उदाउँदो अर्थतन्त्रलाई ध्यान दिदै मध्य एसियाको आन्तरिक द्वन्दको खतराबाट बच्न र दुबईमा रहेकोे आम मानिसको ज्यानको सुरक्षाको प्रत्याभूत गराउन होटेलमा रहने सेकुरिटी , सिसिटिभी सिस्टम अप्रेटर लाईसन होल्डर , होटलमा अनिवार्य कन्ट्रोल रुप राख्नुपर्ने तथा २४ घन्टा सातै दिन डिपिएस कार्यलय र दुबई पुलिसको सम्पर्कमा रहनुपर्ने अक्टोबर ७ को बैठकद्वारा पारित गरेको थियोे । 

दुबईमा नेपाली सेकुरिटीको एउटा आकर्षक गन्तब्यमात्रै नभएर काममा पनि उच्च बफादारले नेपाली सेकुरिटीको माग उच्च रहेको छ । हाल नेपाल बाहेक , पाकिस्तान , भारत , अफ्रिकाको सेकुरिटीलाई लिने गरेको भए पनि नेपाली सेकुरिटी लाई महत्त्व दिइन्छ  । बङ्गलादेश नागरिकलाई दुबईले प्रतिबन्ध लगाएकोले दुबईमा नेपाली सेकुरिटी नम्बर वान र आकर्षक पनि रहेको छ । नेपाल सरकारले फ्री भिसा फ्री टिकटको नीति अवलम्बन गरेको भए पनि नेपाली सेकुरिटी सबैभन्दा धेरै पैसा मेनपावर दलाललाई बुझाएर जानुपर्ने स्थिति छ । नेपाली सेकुरिटीले डिपिएस सेकुरिटीको लागि २ लाख ५० हजार देखि ३ लाख ५० हजार सम्म तिरी गइरहेका छन । नेपाल सरकारले हालसम्म कुनै मुलुक शीत श्रम सम्झौता नगरेको हुँदा वैदेशिक रोजगारमा जाने नेपाली नागरिकलाई धेरै सेवा सुविधाहरु बाट बन्चित भएर पीडित भै मुलुक फर्कनु पर्ने स्थिति ताजै छन । भारत र अफ्रिकी नागरिकले सबैभन्दा कम १ लाख देखी १ लाख ५० हजार पैसा तिरेर सेकुरिटी गर्ने गरेकाछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने