सप्तरी । कमाउन विदेश जाने सपना सजाउने युवासँगै तिनलाई अनेक बहानामा ठग्ने दलालहरुको संख्या पनि कम छैन । सप्तरीका पाँच युवा पछिल्लो समय त्यस्तै दलालको फन्दामा परे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सप्तरी । कमाउन विदेश जाने सपना सजाउने युवासँगै तिनलाई अनेक बहानामा ठग्ने दलालहरुको संख्या पनि कम छैन । सप्तरीका पाँच युवा पछिल्लो समय त्यस्तै दलालको फन्दामा परे "/>
2026-10-15 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने भन्दै दलालहरुले यसरी ठग्छन्

सप्तरी । कमाउन विदेश जाने सपना सजाउने युवासँगै तिनलाई अनेक बहानामा ठग्ने दलालहरुको संख्या पनि कम छैन । सप्तरीका पाँच युवा पछिल्लो समय त्यस्तै दलालको फन्दामा परे ।

लालापट्टी गाविस ७ का अन्सारुल मंसुरीसहित पाँच युवक विदेश उड्ने भनेर सात पटकसम्म काठमाडौं पुगे । तर, घरबाट बिदा मागेर हिँडिसकेका उनीहरु सातै पटक निराश हुँदै घर फर्किए ।

उनीहरुले नजिकैका एक जना एजेन्टलाई चार लाख ७५ हजार रुपैयाँ तिरेका थिए । एजेन्टले विदेश पठाउने भन्दै सात पटकसम्म काठमाडौं बोलाए पनि विभिन्न बहाना बनाएर फर्काउने गरेको पीडितहरुले बताएका छन् । जमुनी मधेपुराका तेजनारायण यादवले पैसा र पासपोर्ट जिम्मा लिएको ६ महिनाभन्दा बढी भइसकेको छ ।

‘पटकपटक काठमाडौं बोलाए पनि अहिलेसम्म उडाएका छैनन्’, अन्सारुलले भने, ‘न त विदेश उडियो, न त रकम र पासपोर्ट नै फिर्ता पाइएको छ ।’

सप्तरीकै विषहरिया गाविसका मायानन्द ठाकुर पनि यस्तै ठगीको शिकार भएका छन् । रोजगारीका लागि कतार जाने आशमा उनले एक जना एजेन्टलाई ८० हजार रुपैयाँ तिरे । सिरहाका एजेन्ट सुरज यादवलाई रकम तिरेको ६ महिनाभन्दा बढी भइसके पनि उनको पनि हालत अन्सारुल र साथीहरुको जस्तै छ । एजेन्टले कतार पठाउने भन्दै दुई पटक काठमाडौं बोलाए, तर त्यसै फर्काएको उनले सुनाए ।

वैदेशिक रोजगारीका नाममा ठगिएका यी युवा त उदाहरण मात्रै हुन्, ठगीको शिकार हुने यस्ता युवाको संख्या धेरै छ । कतिपय विदेश जानुअघि आफ्नै देशका नजिकका मान्छेबाट ठगिएका छन् भने कति जना विदेशमा ठगीमा परेका छन् ।

भने अनुसारको काम र पारिश्रमिक नपाउँदा विदेश गएको केही दिनमै स्वदेश र्फकेका युवाहरुको कथा झन् दर्दनाक छ ।

कुशहा गाविसका प्रदीप सदा ५ प्रतिशत ब्याजदरमा एक लाख रुपैयाँ ऋण लिएर कतार गए । प्रतिमहिना कतारी रियाल १४ सय दिने भनेर गाउँकै एजेन्ट जितन ठाकुरले उनलाई पठाएका थिए । तर, त्यहाँ उनले कुनै काम नै पाएनन् । पीडित ठाकुरकी आमा रामकुमारीले राजविराजमा भनिन्, ‘एक महिनामै छोरा त्यहाँबाट फर्किससक्यो । अब ऋण कसरी तिर्ने भनेर समस्या भइरहेको छ ।’

केही मेसो नपाउने सोझा युवाहरु ठगीमा बढी पर्ने गरेका छन् । विदेश पठाउने नाममा रकम असुली गर्न खप्पिस एजेन्ट र म्यानपावर कम्पनीका प्रतिनिधिहरुले उल्टै दादागिरी समेत देखाउने गरेका दृष्टान्तहरु छन् ।

भारदह गाविस १ का हरिनारायण मण्डलले योगिनियाँ गाविसका दामोदर नाम गरेका एजेन्ट मार्फत इटहरीको सगुन ओभरसिजसँग सम्पर्क गराइदिएका थिए । विदेश जाने आशमा मण्डलले त्यहाँ एक लाख रुपैयाँ बुझाएका थिए । तर, उनी विदेश उड्न पाएनन् । मण्डलले किन नपठाएको भनेर ओभरसिजमा गएर सोधे । ओभरसिजका प्रतिनिधिहरुले सम्झौताको कागजात च्यातिदिएर उल्टै धम्की दिएको उनले बताए ।

राजविराजमा एम्नेष्टी इन्टरनेशनलले आयोजना गरेको वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रममा करिब सय जना युवा उपस्थित थिए । वैदेशिक रोजगारीका नाममा कति जना ठगिनुभएको छ भनेर प्रश्न गर्दा हलमा भएका एक तिहाइले हात उठाए ।

कार्यक्रममा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक बद्रीकुमार कार्कीले विदेश जाने क्रममा ठगिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले चालू आर्थिक वर्षको हालसम्ममा आठ सयभन्दा बढी ठगीको उजुरी परिसकेको बताउँदै तीमाथि छानबिन भइरहेको बताए ।

उनले ठगहरूले सोझा युवाहरुलाई विभिन्न प्रलोभनमा पार्ने भन्दै एजेन्टहरुको लोभमा नपर्न आग्रह गरे । एम्नेष्टी, सप्तरी सामुदायिक विकास केन्द्र र सबल नेपालको सहकार्यमा कार्यक्रमको आयोजना भएको थियो । (एसके शान), अनलाइन खबरबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने