2026-06-27 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले रोजगारीका लागि युरोपको लिथुएनिया खुलायो, न्युनतम तलब कति ?

पुस १५, काठमाडौं । सरकारले युरोपको बिकसित देश लिथुएनियामा नेपाली कामदारका लागि संस्थागत रुपमा कामदार लैजान सिफारिस प्रतिवेदन पेश गरेको छ । अब श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि लिथुएनिया खुलाउने निर्णय मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

सरकारले गठन गरेको अध्ययन समितिले लिथोएनियामा नेपाली कामदारलाई संस्थागत श्रम स्वीकृति दिन सकिने भन्दै सिफारिस गरेको हो । यो प्रस्ताव स्वीकृत भएको खण्डमा अब नेपाली कामदार यो देशमा सरकार मार्फत जान सक्छन । लिथोएनिया रोजगारीको लागि राम्रो देश मानिन्छ । पोल्याण्ड र रसिया नजिकै पर्ने लिथुएनियामा युरो चल्ने हुँदा यहाँ रोजगारी गर्ने कामदारले आकर्षक तलब पाउछन । गठन समितिले उक्त देशको स्थिति, मानव अधिकारको अवस्था, आप्रवासी कामदारलाई हुने व्यवहार, पारिश्रमिक लगायत बिभिन्न बिषयमा अध्ययन गर्दै उक्त देश नेपाली कामदारको लागि उचित हुने प्रतिवेदन निकालेको छ ।

नेपाली कामदारको लागि लिथोएनियाबाट विभिन्न उद्योग-कलकारखाना, ईंटा-भट्टामा लगायत उच्च पदहरुमा दक्ष डाक्टर, नर्स, इञ्जिनियर आदिको माग आएपछी सरकारले यो देशमा कामदार पठाउन सकिने-नसकिने अध्ययन सुरु गरेको थियो ।

न्युनतम तलब कति ? 

सरकारले प्रस्ताब स्वीकृत गरेको खण्डमा लिथुएनियाका लागि न्युनतम् पारिश्रमिक मासिक ३ सय ५० युरो तोकेको छ । म्यानपावरले युरोपियन मुलुक भएकाले पारिश्रमिक राम्रो हुने बताएका भएपनि सरकारले भने न्युनतम तलब तोकेको छ ।सरकारले तोके अनुसार यो देशको लागि नेपाली कामदारलाई मासिक नेपाली ४२ हजार भन्दा बढी तलब दिनुपर्ने हुन्छ । लिथुएनियाका लागि बिभिन्न म्यानपावरमा डिमाण्ड आएपछि म्यानपावरहरुले सरकारलाई उक्त देशमा कामदार पठाउने स्वीकृति दिन दवाब दिँदै आएका थिए । अहिलेसम्म उक्त देशबाट नेपाली कामदारका लागि आएका बिभिन्न मागपत्रहरु कुनै नीति नभएका कारण अस्वीकृत भईसकेका छन् । अब मन्त्रिपरिषदले यो देशमा कामदार पठाउने प्रस्ताव स्वीकृत गरेको खण्डमा अब आउने नयाँ डिमान्डहरुलाई स्वीकृत दिन सकिनेछ । 

कस्तो देश हो लिथुएनिया ? 

लिथुएनिया युरोपियन देशहरु मध्येको एक स्वतन्त्र देश हो | नेपाली कामदारका लागि अति आकर्षक गन्तब्य मानिने इजरायल जतिकै बिकास सम्पन्न यो देशको आर्थिक स्थिति पनि निकै राम्रो छ | यहाका नागरिकहरुको प्रतिव्यक्ति आय २९ हजार ९ सय डलर रहेको छ । २८ लाख भन्दा बढी जनशंख्या भएको यो देशको प्रतिव्यक्ति आयलाई हेर्ने हो भने यो देश विश्वकै ४१ औं धनी राष्ट्रमा गनिन्छ । आर्थिक रुपमा शक्तिशाली बन्दै गएको यो देशमा पछिल्लो समय नेपाली कामदारको लागि राम्रो मागहरु आउने गरेका छन् । 

यो देशमा लिथुनिएन भाषाको प्रयोग हुन्छ । नेपालभन्दा सानो यो देशको क्षेत्रफल ६५,३०० बर्गकिलोमिटर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी