माघ ५, काठमाडौं । विदेशमा कार्यरत कामदारको प्रमुख समस्या हो, जत्ति कमाए पनि बचत नै नहुने । 

विदेशी भूमिमा गएर वर्षौं काम गर्दा पनि रकम सञ्चय नै नहुने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौं । विदेशमा कार्यरत कामदारको प्रमुख समस्या हो, जत्ति कमाए पनि बचत नै नहुने । 

विदेशी भूमिमा गएर वर्षौं काम गर्दा पनि रकम सञ्चय नै नहुने "/>

2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मुलुकका नेपालीका लागि अर्को वर्षदेखि सञ्चय कोषको व्यवस्था

January 18, 2017

माघ ५, काठमाडौं । विदेशमा कार्यरत कामदारको प्रमुख समस्या हो, जत्ति कमाए पनि बचत नै नहुने । 

विदेशी भूमिमा गएर वर्षौं काम गर्दा पनि रकम सञ्चय नै नहुने समस्यालाई अब सरकारले एक वर्षभित्रै सम्बोधन गर्दैछ । कर्मचारी सञ्चय कोषले विदेशमा काम गर्ने नेपालीहरुको रकम बचत गराउन अन्तिम कसरत गर्दैछ । 

सञ्चय कोषको भनाइलाई मान्ने हो भने प्रवासमा रहने नेपालीले अवको एक वर्षभित्रै यो सुविधा पाउने रविन्द्र घिमिरेले अनलाइनखबरमा लेखेका छन् ।

यसबाट प्रवासी नेपालीले स्वदेश फर्किएपछि पनि कोषबाट बचतसहित विभिन्न सुविधा उपयोग गर्न सक्नेछन् । अहिले कर्मचारी सञ्चयकोष अन्तरगतका वचतकर्ताले पाइरहेका सबै सुविधा विदेशमा काम गर्नेले पनि पाउनेछन् ।

अहिले खाडीको चर्को घाममा काम गरेर घर पठाएको पैसा घरायसी र विलासिताका समान खरिदमा धेरै खर्च हुने गरेको छ । दुःख गरेर कमाएको पैसा उपभोगमै सकिएपछि विदेशबाट फर्किदा पनि धेरैको अवस्था जहाँको त्यहीँ हुने गरेको छ ।

नियमावली संशोधन हुँदै

यसैलाई ध्यान दिएर सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले विदेशमा कमाएको पैसा बचत गराउने गरी ऐन संशोधन गराइसकेको छ । कर्मचारी सञ्चय कोष ऐन- २०१९ को संशोधनभए पनि अब नियमावली संशोधन गरिँदैछ ।

नियमावलीका लागि कोषले मस्यौदा तयार गरिसकेको छ । अब अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदले यसलाई स्वीकृति दिएपछि विदेशमा बस्ने नेपालीको बचत सञ्चय कोषमा ल्याउने प्रक्रियाको थालनी हुनेछ । विदेशका नेपालीलाई पनि सञ्चय कोषमा पहुँच दिन कोषले छलफललाईर् तीव्र पारेको छ ।

अर्को आर्थिक वर्ष २०७४/७५ बाट विदेशमा काम गर्ने नेपाली पनि सञ्चय कोषमा आवद्ध हुन सक्ने कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

कुन मुलुकबाट सुरुवात ?

प्रवक्ता श्रेष्ठका अनुसार पहिलो चरणमा साउदी, कतार, युएई, कुवेत लगायत खाडी मुलुकहरुबाट कामदारको रकम कोषअन्तरगत ल्याउने प्रक्रिया थालिने छ ।

त्यसपछि लगत्तै मलेसियाका नेपाली कामदारलाई पनि कोषमा आवद्ध गर्ने योजना बनेको छ । कोरियाबाट यसको सुरुवात गर्ने योजना बनाइए पनि त्यहाँको कानुनले केही अप्ठेरो सिर्जना गरेको श्रेष्ठको भनाइ छ ।

खाडी राष्ट्रमा भने नेपालीहरु संगठित रुपमा रहेकाले यो व्यवस्थाको कार्यान्वयन सहज हुने अनुमान कोषको छ । खाडी देशहरुमै नेपाली कामदारको संख्या पनि सबैभन्दा धेरै छ । मूल रुपमा निैत दशेमा कार्यरत नेपालीहरुले बचत गर्नबाट चुकेका छन् ।

पहिलो चरणमा खाडीबाट सुरु गरेर त्यसलाई क्रमशः अन्य देशहरुमा पनि विस्तार गर्ने कोषको योजना छ । विदेश बसुञ्जेलको कमाइको केही हिस्सा बचत गर्दा अवकाशपछिको जीवनमा उपयोगी बन्नेमा आशंका छैन ।

बैंक एकाउन्टबाट भुक्तानी

कुन मोडालिटीमा विदेश गएका कामदारलाई कोष अन्तरगत समेट्ने भन्ने लगभग तय भएको छ । तर, अन्तिम टुंगो भने लागेको छैन । कोषलाई विदशेससम्म पहुँच विस्तारमा सहयोग गर्न केही महिनाअघि सञ्चय कोषले गैरआवासीय नपाली संघ (एनआरएनए)सँग सम्झौता गरेको थियो ।

कोषले प्रवासी कामदारले कोषमा खाता खोल्ने र त्यसैमार्फत बचत रकम भुक्तानीको व्यवस्था गर्ने बताएको छ । ‘बैंक एकाउन्टबाटै आइडेन्टीफाइड गर्न सकिने गरी विदेशबाट रकम ल्याउने विषय टुंगो लागेको छ’ प्रवक्ता श्रेष्ठले भने, ‘हामी यो विषयमा सूचनाप्रविधि विज्ञसँग पनि छलफल गर्दैछौं ।’

विदेशबाट कामदारले महिनैपिच्छे रकम पठाउन झन्झट हुने भएकाले ३ वा ६ महिनामा एकैपटक बचत गर्न सक्ने गरी व्यवस्था मिलाइने भएको छ ।

विदेशबाट आएको रेमिट्यान्स उत्पादन मूलक क्षेत्रमा उपयोग गर्ने सरकारी नीतिलाई पनि यसले सहयोग पुग्नेछ । कामदारले पनि कोषमार्फत विभिन्न सेव सुविधा पाउने भएकाले यो निकै उपयोगी हुने विश्वास छ ।

अहिले कोषमा निजामती सेवा, सेना, प्रहरी, शिक्षकसहित संगठित क्षेत्रमा काम गर्ने १० जनाभन्दा धेरै स्थायी कर्मचारी भएको जुनसुकै संस्थाले मात्रै कोषमा रकम जम्मा हुने गरेको छ । अब नियमावली संशोधन पनि छ यो व्यवस्थामा आमूल परिवर्तन हुँदैछ । नियमावली पारित पारित भएपछि स्वरोजगार रहेका जोसुकैले पनि कोषमा रकम जम्मा गर्न सक्नेछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले