माघ ११, काठमाडौं । नेपालबाट भारतमा रोजगारीको लागि जाने लाखौँ नेपालीहरुको कुनै सुरक्षा वा बिमा नगरिएको कारण अहिलेसम्म असुरक्षित हुँदै आएकोमा अब भने सरकारले भारतला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, काठमाडौं । नेपालबाट भारतमा रोजगारीको लागि जाने लाखौँ नेपालीहरुको कुनै सुरक्षा वा बिमा नगरिएको कारण अहिलेसम्म असुरक्षित हुँदै आएकोमा अब भने सरकारले भारतला"/>
2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब रोजगारीको लागि भारत जानेले पनि सरकारसंग अनुमति लिनुपर्ने, बिमा पनि गरिने

माघ ११, काठमाडौं । नेपालबाट भारतमा रोजगारीको लागि जाने लाखौँ नेपालीहरुको कुनै सुरक्षा वा बिमा नगरिएको कारण अहिलेसम्म असुरक्षित हुँदै आएकोमा अब भने सरकारले भारतलाई पनि बैदेशिक रोजगारीको मान्यता दिंदै ब्यबस्थित गरिने जनाएको छ ।

सरकारले यो नीति एक महिना भित्रै कार्यबिधि बनाई कार्यान्वयनमा लगिने जनाएको हो । आज प्रधानमन्त्री प्रचण्ड सहित परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङले भारतलाई बैदेशिक रोजगारीको रुपमा हेर्दै नयाँ व्यवस्था गरिने घोषणा गरेका हुन् । घोषणा अनुसार रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनुपर्ने छ । साथै भारतमा रोजगारीको लागि जानेले पनि बीमामा ५ लाखको घातक रोग बीमा गर्नुपर्नेछ । जसमा क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगहरु छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतमा रोजगारीका लागि जाने नेपाली नागरिकले सिमामा पर्ने सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ । यही प्रक्रिया हुँदै जाँने नेपालीहरु यस्तो प्रक्रियाबाट भारत जाँदा सुरक्षित हुनेछन । त्यस्ता नागरिकहरुलाई सिमा पार गर्नु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँनेछ भने त्यस पछी मात्र भारतमा काम गर्न जाने अनुमति पत्र दिनेछ । साथै भारत जाने नागरिकले साढे १२ लाखको म्यादी जीवन बीमा समेत गर्नेछन । त्यसरी भारत गएका नेपालीको यदी कुनै कारण भारतमै मृत्यु भएमा पीडित परिवारलाई बीमा बापत वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख प्रदान गरिनेछ । त्यस्तै घातक रोग लागेर मृत्यु नभएको तर, शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । 

भारतमा काम गर्न गएका नागरिकलाई घातक रोग लागेको प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने