2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिव्यक्ति आठ लाख तिरेर युएई गएका एक सय १६ नेपाली यसरी अलपत्र परे

माघ १४, काठमाडौँ । युएईमा एक सय १६ जना नेपाली कामदार समस्यामा परेका छन् । आबुधाबीमा रहेको हेमाया सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डका लागि आएका नेपालीहरु कम्पनीले काम नदिएपछि समस्यामा परेका हुन् । 

काठमाडौँमा रहेको एसआरएस म्यानपावर कम्पनीमार्फत उनीहरु युएई आएका थिए । म्यानपावरले ‘सेमी गभर्मेन्ट’ कम्पनीमा मासिक एक लाख रुपैयाँ भन्दा धेरै तलब हुने भनेर पठाएको पीडितहरुले बताएका छन् । म्यानपावरले प्रतिव्यक्ति आठ लाख रुपैयाँ लिएर पठाएको र अहिले काम पनि नदिएपछि आफूहरु समस्यामा परेको उनीहरुले बताए । उनीहरु फरक फरक समयमा त्यस कम्पनीमा पुगेका हुन् । 

समस्यामा परेका एक सय १६ जनाले बिहीवार आबुधाबीस्थित नेपाली दूतावासमा पुगेर उजुरी गरेका छन् । ‘यसभन्दा अघि पनि समस्या लिएर आएका थियौं । दूतावासले सहयोग नगरेपछि फेरी आयौं ।’ दैलेखका राजु केसीले भन्नुभयो । पीडितहरुको समस्याबारे कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले दुई घण्टा सवाल जवाफ गर्नुभयो । समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पनि उहाँले बताउनुभयो । 

कार्यवाहक राजदूत टण्डनले श्रम काउन्सिलर भेष बहादुर कार्कीलाई तत्काल निर्देशन दिएर कम्पनीसँग सम्पर्क गरेर कामदारका समस्याबारे बुझ्न अनुरोध गर्नुभएको थियो । काउन्सिलर कार्कीले तत्काल कामदारकै बीचबाट कम्पनीमा टेलिफोन गरेको र कम्पनीले समस्या समाधानका लागि पहल गर्ने बताएको जानकारी दिनुभयो । 

‘कम्पनीले नयाँ काम नपाएकाले कामदारलाई काम नदिएको भनेको छ’ काउन्सिलर कार्कीले भन्नुभयो । कम्पनीका प्रतिनिधिले नेपाली कामदारको समस्या बुझेर अहिलेसम्मको तलबको दिने वा काम पाए काममा लगाउने अन्यथा नेपाल फर्काउन सहयोग गर्ने भनेको कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । 

दूतावासले कामदारलाई माघ १८ गतेसम्म पर्खन भनेको र त्यो बेलासम्म कम्पनीले व्यवस्थापन गर्न नसके कामदार पठाउने एसआरएस म्यानपावरलाई कारबाहीको लागि सिफारिस गर्ने बताएको छ । कामदार पठाउने म्यानपावरकी सञ्चालक शुभद्रा बराल भने सम्पर्कविहिन हुनुहुन्छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने