माघ १४, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १४, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ । 
2026-10-15 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्सुलर सेवा अब अनलाइनबाटै

माघ १४, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ । 

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो । 

यी सेवाका लागि त्यस्ता व्यक्ति र उनीहरुका आफन्त स्वयम् विभागमा आई आवेदन गर्नुका साथै सो कार्य प्रगतिको सोधपुछका लागि समेत आफैँ उपस्थित हुनुपर्नेमा अबदेखि अनलाइनबाटै आवेदन गरी आफ्नो आवेदन कहाँ पुग्यो र के हुँदैछ भन्नेबारेमा घरैमा बसी जानकारी लिन सकिने छ । 

अनलाइनबाट यस्तो सेवाका लागि गरिएको सेवाग्राहीको आवेदन सम्बन्धित देशमा रहेका नेपाली नियोगमा पनि पुग्ने र यसबारेमा ती नियोग पनि सेवाप्रति जिम्मेवार हुनुपर्ने छ । 

सोसम्बन्धी अनलाइन सेवाको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आज कन्सुलर विभागमा शुभारम्भ गर्नुभयो । यस सेवाअन्तर्गत कामदारले आफ्ना कम्पनी या अन्य विषयमा गर्ने गुनासो र समस्याको पनि सुुनुवाइ हुने व्यवस्था गरिएको छ । 

सो अनलाइन सेवाको शुभारम्भ गर्दै मन्त्री डा महतले कन्सुलर सेवा विभागमार्फत जनतालाई प्रदान गरिने सेवालाई छिटो, सर्वसुलभ, कम खर्चिलो र पारदर्शी बनाउने प्रयोजनमा यस अनलाइन सेवा प्रभावकारी हुने अपेक्षा गर्दै यसबाट बढीभन्दा बढी लाभ लिन नेपाली नागरिकलाई आग्रह पनि गर्नुभयो । 

अहिलेको सूचना प्रविधिको युगमा पनि सानाभन्दा साना काम लिनका लागि अथवा एउटा निवेदन दिनकै लागि पनि नागरिकको भौतिक उपस्थिति हुनु सान्दर्भिक होइन भन्दै मन्त्री डा महतले उपलब्ध सूचना प्रविधिको उपयोग गरी नगरिकलाई सूचनामैत्री, चुस्त र कम खर्चिलो सेवा प्रदान गर्न निर्देशन दिनुभयो । 

लाखौँलाख नेपाली नागरिक वैदेशिक रोगगारीका लागि विभिन्न देशमा कार्यरत छन् र उनीहरुका विभिन्न समस्या पर्ने गरेकोले कन्सुलर सेवा भनेको परराष्ट्रको पनि अति संवेदनशील र अत्यावश्यक सेवा भएकाले विभागले यसप्रति गम्भीर भएर काम गर्ने आफ्नो विश्वास रहेको उहाँले बताउनुभयो । 

यस अनलाइनमार्फत नागरिकले सेवाका लागि दिएको आवेदन विदेशमा रहेका सम्बन्धित नियोगमा पनि पुग्ने भएकाले नियोगले पनि सेवाका लागि अग्रसरता लिए नलिएका बारे अनुगमन गरिने भएकाले जनताको सेवामा थप जिम्मेवार भएर काम गर्न विदेशमा रहेका नेपाली नियोगलाई पनि उहाँले निर्देशन दिनुभयो । 

परराष्ट्र सचिव शङ्करदाश वैरागीले कन्सुलरजस्तो सेवा अनलाइनबाट दिन थालिएबाट कन्सुलर सेवा विभागले नेपालको परम्परागत कार्यप्रणालीमा निकै ठूलो फड्को मारेको बताउनुभयो । 

कन्सुलर विभाका महानिर्देशक गेहेन्द्र राजभण्डारीले जनतालाई प्रदान गरिने सेवालाई चुस्त र सहज बनाउने कामको थालनी विभागले विगत केही महिनादेखि गरेको जानकारी दिँदै यो अनलाइन सेवा सुधारको एक उदाहरण हो भन्नुभयो । 

उहाँले यस सेवाका बारेमा अनुगमन गरिने र सेवाग्राहीमा पर्ने प्रभाव र सहजताका आधारमा आगामी दिनमा यस विभागका अरु पनि सेवाहरु अनलाइनमा लगिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने