2026-10-15 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा १ सय २४ जना नेपालीलाई कमिसनको खेलले बर्बाद बनायो

माघ २१, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को हिमाया सेक्युरिटी सर्भिस कम्पनीमा पुगेका एक सय २४ नेपाली रोजगारी पाउनुको सट्टा स्वदेश फिर्नुपर्ने भएपछि तनावमा छन् । कम्पनीले तीनवर्षे सम्झौता पत्रमा हस्ताक्षर गरी आवासीय भिसामा लगेको भएपनि उनीहरूले मापदण्ड तालिम पूरा गरको नौ महिनासम्म पनि काम पाएका छैनन् ।

सम्झौता अनुसार यूएई पुगेको तीन महिनाभित्र उनीहरूलाई काम लगाइसक्नुपर्ने हो । कम्पनीले कार्यस्थलमा पठाउनुको सट्टा नेपालै पठाउने तयारी गरपछि उनीहरूले समस्या सार्वजनिक गरका हुन् । ‘हाम्रो आर्थिक शोषणको कुरा छोडौं, मानसिक र शारीरिक रूपमा पाएको यातनाको क्षतिपूर्ति कसले दिन्छ ?’ एक पीडितले भने । यूएईको कानुनअनुसार उनीहरूले श्रम अदालतमा क्षतिपूर्ति दाबी गर्दै उजुरी गर्न पाउँछन्। ‘म्यानपावर कम्पनीले नै थुमथुम्याइरहेकाले के गर्ने भनेर हामी अन्योलमा छौं,’ उनले भने । हिमाया व्यवस्थापनले नेपाली श्रम काउन्सिलर भेषबहादुर कार्कीलाई कम्पनीले नयाँ काम नपाएकाले काम दिन नसकेको जानकारी गराएको छ । जानकारहरू भने यसमा कमिसनसँग जोडिएको

बताउँछन्। ‘हिमायाले आबुधाबी प्रहरी, अबसेर, अलवादा, इर्सद जस्ता प्रतिष्ठित र सरकारी निकायलाई सुरक्षागार्ड आपूर्ति गर्छ । यी कामदारलाई पठाउन गाह्रो छैन,’ हिमाया व्यवस्थापन नजिक स्रोतले भन्यो, ‘हिमायाको व्यवस्थापन परिवर्तन भएकाले यो समस्या आएको हो । यी सुरक्षागार्ड पहिलेको व्यवस्थापनले ल्याएको हो, नयाँ आएकाले कमिसन नपाएपछि काममा नलगाएका हुन् ।’ यी सुरक्षा गार्डलाई फिर्ता पठाएर कमिसन पाउने गरी नयाँ कामदार आपूर्ति गर्न खोजिएको पनि स्रोतले बतायो ।

हिमायाले कामदार आपूर्ति गर्न यूएईस्थित ग्लोबल ट्यालेन्ट रिक्रुटमेन्ट र अमला रिक्रुटमेन्ट सर्भिसलाई जिम्मा दिँदै आएको थियो । ग्लोबल र अमलाले नेपालका म्यानपावर कम्पनीलाई मागपत्र उपलब्ध गराउँछन् । यी दुई म्यानपावरलाई एउटा भिसाबापत ६ देखि १० हजार दिनर (तीन लाख रुपयाँ ) सम्म नेपालका म्यानपावरले तिर्ने गर्छन् । ‘हिमायाको उच्च व्यवस्थापनले कामदार आपूर्ति गर्दा लाग्ने सेवा शुल्क र भिसा उपलब्ध गराएबापतको सेवा शुल्क लिन्छ,’ करोबारमा संलग्न एक एजेन्टले भने, ‘यो ठूलो कारोबारको खेल हो।’होम कार्कीले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने