2026-10-15 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा ७ सय ६१ जना नेपाली सुरक्षा गार्डलाई पुलिस फोर्समा सारिँदै

माघ २८, काठमाडौँ । युएईको आबुधाबीमा रहेको हेमाया सेक्युरिटी सर्भिस कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डलाई पुलिस फोर्समा सार्ने प्रक्रिया सुरु भएको छ । कम्पनीले सूचना जारी गर्दै त्यसरी काम गर्न इच्छुक कामदारलाई प्रकृयामा सहभागी हुन अनुरोध गरेको छ । 

कम्पनीले करार अबधी सकिन लागेका सबै सुरक्षा गार्डलाई आवश्यक कागजात बुझाउन निकायका बारेमा समेत अवगत गराएको छ । यसबारे जानकारी पाएपछि मागेका कागजात धेरैले बुझाइसकेको कम्पनीमा कार्यरत महेश गिरीले बताउनुभयो ।  

हेमाया कम्पनीको स्पोन्सरमा रहेका ३ हजार सुरक्षा गार्ड मध्ये ७ सय ६१ जना नेपाली सुरक्षा गार्ड यो प्रक्रियामा सहभागी भएका छन् । यहि कम्पनीमा कार्यरत १ सय १७ जना नेपालीको भने टुंगो लाग्न बाँकी छ । कम्पनीले व्यवस्थापन पुनःसंरचना गर्न भन्दै कामदारको करार रद्द गरेपछि उनीहरुलाई अन्यत्र सार्न लागिएको हो । 

पुलिस फोर्समा सार्ने सूचीमा ३ हजार सुरक्षा गार्ड छन् । त्यसमा ८ सय ७८ जना नेपाली रहेपनि ७ सय ४६ जना नेपाली सुरक्षा गार्डले २ बर्ष भन्दा बढी काम गरेको र आउदो मार्च ३० बाट करार अबधी सकिन लागेको छ । उनीहरुले युएईका बिभिन्न मन्त्रालय, सरकारी कार्यालय, उच्च अधिकारीका नीवास, दुताबास, ठुला कम्पनी तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा सुरक्षा प्रदान गर्दै आएका थिए । कम्पनीले जनशक्ती सप्लाई मार्फत आबुधाबी पुलिस फोर्स अन्तर्गत कामदारलाई परिचालन गर्दै आएको थियो ।

१५ जना नेपाली कामदारको २ बर्षको करार अबधी जनवरीबाट सकिएको छ । यस्तै पछिल्लो पटक आएका १ सय १७ जना पनि काम नपाएर बसिरहेका छन् ।  

उनीहरुले काम र तलब नपाएको गुनासो दूतावासमा गरेपछि दूतावासले कम्पनीसित छलफल गरेको छ । हेमाया कम्पनीमा नयाँ आउने १ सय १७ जनाको भीसा लागेको र लेबर कार्ड बनाइसके पनि कम्पनीले करार पत्रमा हस्ताक्षर नगराई राखेको छ । नेपालमा म्यानपावर कम्पनीले पनि नक्कली सम्झौता बनाएर पठाएको पाइएको छ । आकर्षक सेवा सुविधाको लोभ देखाएर ८ लाख रुपैयाँ सम्म अशुल्ने गरेका छन् । 

कम्पनीले बिभिन्न प्रावधान राखेर पुनः भर्ना गर्न सक्नेगरि अन्यत्र सार्नेबारे छलफल चलिरहेको मिनिस्ट्री अफ इन्टेरिएर सिभिल डिफेन्स जनरल डाईरेक्टर अफ मिनिस्ट्री इब्राहिम एच अलहाम्दीले नेपाली दूतावासलाई जानकारी गराउनु भएको छ ।

दूतावासका प्रवक्ता दितिय सचिव कृष्ण अर्यालका अनुसार श्रम काउन्सेलर भेष बहादुर कार्की र श्रम  सहचारी हिरा कुमारी यादवले समन्वय गरिरहनु भएको छ । 

नयाँ भर्ना गरिएका कामदारलाई काम दिन नसके जनवरी सम्मको तलब मासिक चार हजार दिर्हाम दिएर फिर्ता पठाउने कम्पनीले बताएको छ । तर नेपाली दूतावासले हेमायाको व्यवस्थापनलाई भेटेर नयाँ सम्झौता गरेका तथा काम गरिरहेकाहरुलाई जर्बजस्ती सम्झौता तोडेर स्वदेश नफर्काउन अनुरोध गरेको छ । त्यसरी बिना कारण नेपाली कामदार फर्काएको खण्डमा भविष्यमा हेमायालाई थप सुुरक्षाकर्मी नदिने चेतवानी दिएको छ । 

सन् १९९६ बाट आबुधाबी पुलिस फोर्स अन्तर्गत सुरक्षा गार्डको रुपमा कामगर्न नेपाली आउन थालेका हुन् । आबुधाबी पुलिस फोर्सले सन् २०१० बाट हेमाया कम्पनी अन्तर्गत भिसा दिएर काममा खटाउँदै आएको थियो । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने