फागुन १३, काठमाडौं | महानगरीय अपराध महाशाखाले ब्लु स्काई इन्टरनेसनलका सञ्चालक प्रेम कटुवाललाई पक्राउ गरको छ । 

महाशाखाका अनुसार कटुवालको माछापुच्छे बैंकक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं | महानगरीय अपराध महाशाखाले ब्लु स्काई इन्टरनेसनलका सञ्चालक प्रेम कटुवाललाई पक्राउ गरको छ । 

महाशाखाका अनुसार कटुवालको माछापुच्छे बैंकक"/>

2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्लु स्काई म्यानपावर व्यवसायी कटुवाल पक्राउ

फागुन १३, काठमाडौं | काठमाडौंको महाराजगन्ज चक्रपथमा रहेको ब्लु स्काइ म्यानपावरका संचालक प्रेम कटुवाल बिहिबार पक्राउ परेका छन् । उनीसँगै थप ३ जना पनि प्रहरी नियन्त्रणमा छन् ।

कटुवाललाई स्रोत नखुलेको २४ लाख रुपैयाँ बैंक खातामा भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । माछापुछ्रे बैंकमा रहेको उनको खातामा जम्मा भएको २४ लाख रुपैयाँको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले त्यस बिषयमा बिहिबारदेखीनै अनुसन्धान गरेको छ । ५० जना भन्दा बढी महिलाहरुसँग ठगी गरेको रकम उनको बैंक खातामा भेटिएको प्रहरी स्रोतले बतायो ।

कटुवाल नाम चलेका म्यानपावर व्यवसायी हुन्। उनी नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको पूर्व अध्यक्षसमेत हुन्। सामाजिक संजाल फेसबुकबाट ठगिएकाहरु प्रहरीसमक्ष आएर उजुरी दिएपछि प्रहरीले ३ जना महिलालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका महिलाहरुले आफूहरुले पाएको रकम कटुवालको खातामा जम्मा गरेको बताएपछि उनी प्रहरी फन्दामा परेका हुन्। फेसबुकको फेक आइडी बनाउने, महिला तथा युवतीहरुलाई रिक्वेष्ट पठाउने, साथी बनेपछि इमोसनल ब्ल्याकमेलिङ गर्ने गिरोहको कटुवाल सदस्य रहेको प्रहरीले बताएको छ।

कसरी जम्मा भयो २४ लाख ?

काठमाडौं बानेश्वरकी एक युवतीलाई बेलायती युवकको नामबाट फेसबुकमा रिक्वेष्ट आयो ।

पटक पटक रिक्वेष्ट आएपछि उनी साथी बनिन्।  लामो समयसम्म उनीहरुवीच च्याटमा उनीहरुको कुराकानी भयो । मैले तिमीलाई ५० हजार पाउण्डको उपहार पठाउन लागेको छुँ भन्दै ति बेलायती युवकले महिलाको ठेगाना मागे । सुरुमा त ति महिलाले पत्याइनन् । तर उपहारकै फोटो फेसबुकमा देखाएपछि उनले पत्याइन । बेलायतबाट उपहार पठाएको केहीदिनपछि ती युवतीलाई तपाईँको नामको उपहार दिल्लीमा आइपुगेको छ। यहाँ कर कार्यालयले समातेको छ। यहाँबाट छुटाउन २ लाख लाग्छ के गर्नुहुन्छ भनेर दिल्लीबाट फोन अाएको थियो । ५० हजार पाउण्डको उपहार किन छाड्ने भन्दै ति महिलाले २ लाख पठाएकी थिइन । तर रकम पठाएको महिनादिनसम्म पनि उपहार नआएपछि आफू ठगिएको महसुस गरि उनले प्रहरीमा उजुरी दिएकी थिइन ।

प्रहरीले अनुसन्धान गर्दै जादाँ ३ जना महिलाहरु समातिएका थिए । ती पक्राउ परेका महिलाहरुले कटुवालको खातामा रकम जम्मा गरिदिएको बताएपछि कटुवालको बैंक खाता चेक गर्दा सो रकम त्यहाँ फेला परेको हो । यसअघि पनि यस्तै गरी कटुवालको खातामा करोडभन्दा बढी जम्मा भइसकेको प्रहरीले दाबी गरेको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने