फागुन १४, काठमाडौं । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए। साउदीमा श्रम स्वीकृति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १४, काठमाडौं । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए। साउदीमा श्रम स्वीकृति"/>
2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन वर्षको अवधि सकिँदा पनि साउदी कम्पनीले घर फर्कनै दिँदैन

फागुन १४, काठमाडौं । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए। साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल फर्किनैपर्ने सोझो बुझाई उनको थियो ।

राम्रो काम पाएको अवस्थामा श्रम स्वीकृतिको म्याद थप्न नेपाल आई घर परिवारसँग भेटघाट गरी केही समयपछि फेरि साउदी फर्कनेसम्मको योजना उनले बनाएका थिए । साहको जीवनमा वैदेशिक रोजगारीको भोगाइ सोचेजस्तो र योजना बनाएजस्तो हुन सकेन । दुई वर्षपुगेपछि घर फर्किने तयारी गरी आफू काम गर्ने कम्पनीमा जानकारी दिन गएका साहलाई कम्पनीले नेपाल फर्किन अनुमति दिएन ।

कम्पनीको सहमतिको चिठी बिना साउदीअरबबाट प्रवेशाज्ञाको म्याद सकिएपनि कुनै कामदार नेपाल फर्कन नपाउने कानुनी बाध्यतामा उनी फसे । साउदीको कफला पद्धतिमा स्वदेश फर्कनका लागि वहिर्गमन प्रवेशाज्ञाका लागि सम्बन्धित कम्पनीको स्वीकृति अनिवार्य छ ।

साउदीबाट फोनमा साहले भने, “आज पठाइदिन्छु, भोलि पठाइदिन्छु भन्दै कम्पनीले तीन वर्ष झुलाइसक्यो, अझै फर्कन अनुमति दिन्न । म त न मर्नु न बाँच्नुको अवस्थामा पुगेँ ।” उनको सप्तरीस्थित घरमा बूढी आमा, श्रीमती, तीन छोरा र एक छोरी छन् ।

साह साउदी जाँदा नौ वर्षको कान्छो छोरा अहिले १४ वर्ष पुग्यो । छोराछोरी कस्ता भए भन्ने कल्पनामा बेलाबेला उनी टोलाउँछन् । बूढी आमा छोरा आउने आशामा दिन गन्दै बसीरहनुभएको छ । बहराइन नजिकैको वेल्डिङ वेड्स कम्पनीमा उनी वल्डिङको काम गर्छन् । त्रिपुरेश्वरको वल्र्डवाईड ईम्प्लोइमेन्ट कन्सल्टेन्टबाट रु ९० हजार तिरेर उनी त्यहाँ गएका थिए ।

आफ्नो समस्याबारे मेनपावर, साउदीस्थित नेपाली दूतावासलगायतलाई जानकारी गराएपनि हालसम्म कुनै सुनुवाइ नभएको पीडा फोनमा उनले पोखे । साहमात्रै होइन दाङका तुलसी थापा, अर्जुन श्रेष्ठ, छविलाल गौतम, सुनसरीका श्रवण लिम्बू, नरेशकुमार चौधरी र कपिलवस्तुका अब्जल मुसलमान पनि दुईवर्षे श्रम सम्झौतामा तीन वर्षअघि साउदी अरब पुगेका थिए ।

उनीहरु कामका लागि गएको साउदीको कम्पनी कालोसूचीमा परेको रहेछ । साउदीअरब आएको तीनवर्षे अवधिमा १७ महिनामात्रै आफूहरुले काम पाएको पीडित नरेश चौधरीले टेलिफोनमा भने ।

पछिल्लो सात महिनादेखि काम नभएका कारण आफुहरु त्यसै कोठामा बस्नुपरेको उनले जानकारी दिए । घर फर्किनका लागि कम्पनीको स्वीकृति चाहिने तर कम्पनी नै कालोसूचीमा परेकाले उसले दिएको स्वीकृति काम नलाग्ने भए पछि उनीहरु समस्यामा परेका हुन्। पीडित चौधरीले भने, “पैसा त कमाउन सकिएन । काम पनि नपाइने, घर जान पनि नपाइने भई बन्दी जीवन बिताउनु परिरहेको छ ।”

त्यहाँको प्रशासनलाई घुस खुवाएर भए पनि नेपाल फर्काइदिन आवश्यक व्यवस्था मिलाउन भनेर आफूहरुले प्रतिकामदार दुई हजार साउदी रियालका दरले १२ हजार उठाएर कम्पनीलाई दिएपनि पछि कम्पनीले नसकेको भन्दै उनीहरुको रकम फिर्ता दिएको थियो । बानेश्वरमा रहेको स्वस्तिक ओभरसिजबाट उनीहरु विसं २०७१ सालमा साउदी गएका थिए।

घर फर्किन नपाउने यस्तै समस्याबाट मोरङका निश्चल थापा मागर र सञ्जय कुमार धितालले भोग्नु परिरहेको छ । त्रिपुरेश्वरको वल्र्डवाइड इम्प्लोमेन्टबाट साढे तीन वर्षअघि साउदी गएका उनीहरुको राहदानीलगायत कागजपत्र त्यहाँको कम्पनीले लग्यो । अहिले कम्पनीले राहदानी हरायो भन्दै उनीहरुलाई फिर्ता दिँदैन । सो कम्पनीले दुई वर्षदेखि काम पनि दिएको छैन, तलब पनि दिएका छैन । “नेपाल फर्किन्छुभन्दा फर्कन सहमति पनि दिन्न । यो बीचमा त्यहाँको प्रहरीले पक्राउ ग¥यो तर छोडिदियो”–उनीहरुले भने ।

उनीहरुले साउदीस्थित दूतावासमा समेत यसबारेमा जानकारी गराएपनि दूतावासले सहयोग नगरेको गुनासो गरेका छन् । पीडित थापामगरका भिनाजु हर्क मगरले भने, “उनीहरुलाई न त कम्पनीले काम गरेको भनेर कागजपत्र दिएको छ, न त उनीहरुको राहदानी नै दिएको छ ।”

साउदीअरबमा एक दशक रोजगारीमा रही नेपाल फर्किएर सुरक्षित आप्रवासको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष रहनुभएका कुलप्रसाद कार्की साउदीको कफला कानुनका कारण नेपालीहरुले समस्या भोग्नुपरेको अनुभव सुनाए। सरकारले साउदीसँग श्रम सम्झौता गर्न सके धेरै समस्याको समाधान हुने र कामदारलाई समयमै उद्धार तथा राहत गर्न सकिने उनको भनाइ छ ।

अहिलको प्रक्रियामा कामदारको शव ल्याउनकै लागि तीन महिना कुर्नुपर्ने झन्झटिलो व्यवस्था रहेको उनीले जानकारी दिए । अर्कोतर्फ कामदार समस्यामा पर्दा साउदीस्थित नेपाली दूतावासले समेत चासो नदिने गरेको पीडितहरुको भनाइ छ ।

साउदीको रियाद, जेद्दा र दमाममा नेपाली दूतावासको कार्यालय रहेकामा दमामस्थित शाखाले समन्वय नै नगर्ने गरेको कामदारहरु बताउँछन् । आर्थिक सङ्कटका कारण साउदीका धेरै कम्पनी बन्द हुँदा त्यहाँ ठूलो सङ्ख्यामा नेपाली कामदार अहिले बेरोजगार हुनपरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने