फागुन, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरको रोजगारी लागि आवेदन माग गरेको छ । 

 पहिलो चरणमा ५९ जना नेपाली कामदार छनोट गरी इजरायल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरको रोजगारी लागि आवेदन माग गरेको छ । 

 पहिलो चरणमा ५९ जना नेपाली कामदार छनोट गरी इजरायल"/>

2026-10-15 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा रोजगरिको अवसर, चैत ९ गतेसम्म आबेदन दिनुहोस

फागुन, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरको रोजगारी लागि आवेदन माग गरेको छ । 

 पहिलो चरणमा ५९ जना नेपाली कामदार छनोट गरी इजरायल पठाएको विभागले दोस्रो चरणमा ६० जनाको माग प्राप्त भएको जनाएको छ । चैत्र ९ गतेभित्र निवदेन दिन आवेदकहरुलाई विभागले आग्रह गरेको छ ।

६० जनामा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छनोट गरी पठाउने विभागले जानकारी दिएको छ । 

इजरायल जान के के मापदण्ड पुरा गर्नुपर्छ ?

२५ वर्ष पुगेका तर ४५ वर्ष नपुगेकाहरु इजरायल जान पाउनेछन् । उचाइ कम्तिमा पनि ५ फिट हुनुपर्ने, ४५ किलोभन्दा माथिको तौल हुनुपर्ने, नर्सिङ कोष पूरा गरेको वा ३ महिनाको केयर गिभर तालिम मान्यता प्राप्त केन्द्रबाट लिएको हुनुपर्ने छ ।

 मध्यमस्तरको अंग्रेजी जानेको हुनुपर्ने, बाबु, आमा, दाजु, दीदी, श्रीमान वा परिवारका सदस्य कोही पनि इजरायल भए त्यस्ताहरु जान पाउने छैनन् । पूर्ण स्वास्थ्य, प्रहरी रिर्पोट अनिवार्य हुनुपर्ने छ ।

 इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभाग र नेपाल सरकारको वैदेशिक रोजगार विभागको निर्णय अनुसार छनौट हुनेछन् । 

विभागले अघिल्लो वर्ष कसरी पठाएको थियो ?

अघिल्लो वर्ष साउनमा श्रम तथा रोजगार मन्त्रालय र इजरायलबीच सहमति भएपछि विभागले आकर्षक मानिने इजरायलमा पाईलट प्राजेक्ट अन्तरगत केयर गिभर पठाउन शुरु गरेको हो ।  पहिलो चरणमा आवेदन आह्वान  गर्दा आठ सय अठार जान युवा युवतीहरुले आवेदन दिएका थिए । 

विभागले ती आठ सय १८ बाट छनौट गरी १ सय ३९ जनाको नाम इजरायल सरकारको निकाय पिबा समक्ष सिफारिश गरेकोमा पिबाले चिट्ठा प्रणालीका आधारमा सय जनाको नाम छनौट गरी अन्तिम ६० जना छनौटका लागि विभाग समक्ष पठाएको  थियो ।

पहिलो चरणमा छनौटमा परेका सय जनामा ९० जना महिला र १० जना  पुरुष रहेका  थिए । त्यसमध्ये  स्वास्थ्य क्षेत्रमा पीसीएल नर्सिङ, सीएमए र एएनएम  उत्तीर्ण गरेका आवेदकहरु बढी थिए । छनौट सूचीमा परेका उम्मेदवारहरुको अंग्रेजी भाषाको  क्षमता जाँच लगायतको परीक्षा हुने गरेको छ ।

छनोट प्रक्रिया इजरायल सरकारबाट हुने भन्दै विभागले कुनै पनि व्यक्ति वा संस्थासंग आर्थिक कारोवार नगर्न आवेदकहरुलाई कडा निर्देशन दिएको छ । वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने