2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार बिभागद्धारा नयाँ म्यानपावर संचालन गर्न लाईसेन्स वितरण


मनोज पराजुली/फागुन २६, काठमाडौँ । बैदेशिक रोजगार विभागमा २०६८ साल अगाडी प्रक्रिया पुर्याएर म्यानपावर संचालनका लागि लाइसेन्स लिन निवेदन दिएका कम्पनीहरुलाई लाईसेन्स वितरणको काम  गरिरहेको बैदेशिक  रोजगार विभागले जनाएको  छ  ।

 २०६८ अघि नयाँ लाईसेन्स लिनका लागि आवेदन दिएका तर दर्ता नभएका म्यानपावर कम्पनीहरुले अदालती निर्णय लिएर  बिभाग आएपछि वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर संचालनका लागि लाइसेन्स दिएको विभागकी निर्देशक रमा भट्टराईले  जानकारी  दिईन । सरकारले २०६८ असोज १३ गतेदेखि  नयाँ म्यानपावर खोल्नका लागि लाईसेन्स वितरणको काम  रोक लगाएको थियो ।

 यस आर्थिक बर्षमा अहिलेसम्म विभागबाट ३० वटा नयाँ म्यानपावर खोल्नका लागि  व्यवसायीहरुले लाइसेन्स लिइसकेका विभागले जनाएको छ । बैदेशिक रोजगार बिभागबाट यसअघि ७ सय ५६ वटा म्यानपावरले अनुमति लिएका थिए । नयाँ लाइसेन्स लिएपछि म्यानपावरहरुको संख्या ७ सय ९० को हाराहारी पुगेको तर हालसालैको नयाँ डाटा अह्याबधिक भइ नसकेको विभागकी निर्देशक  रमा भट्टराईले  जानकरी दिईन ।  नयाँ म्यानपावर खोल्न चाहनेहरुले  २३ लाख बैंक ग्यारेन्टी, ७ लाख नगद धरौटी बुझाउनुपर्छ  ।

 बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल प्रसाद ढकालले भने, ‘अहिले भएका म्यानपावर हरुलाई राम्रोसंग व्यवस्थित गर्न नसकेको अवस्थामा जुन रुपमा नयाँ म्यानपावर लाइसेन्स बैदेशिक रोजगार विभागले दिएको छ, यो अनावश्यक हो, यसमा  विभागका कर्मचारीहरुले अनुचित फाइदा लिएर निर्णय गरिएको छ ।’

ऊनले भने, ‘यसमा अदालतको पनि दोष छ, अदालतले पनि कुनै पनि क्षेत्र व्यवसायलाई व्यवस्थित रुपमा आगाडी लिएर जानुपर्ने ठाउँमा अदालतले अनावश्यक आदेश दिएर यसलाई अस्तव्यस्त बनाउन लागेको छ, बैदेशिक रोजगार बिभाग र अदालत बिच सेटिंग भएर निर्णय भएको हो, यो गर्न जरुरि छैन । अहिले भएका एजेन्सीहरु नै धेरै छन् यस्तो बेलामा अरु थपेर यो क्षेत्रलाइ अझ अस्तव्यस्त गर्न जरुरि छैन बरु व्यवस्थित र मर्यादित गर्नतर्फ  लाग्नुपर्छ ।’

 उनले थपे, ‘यसका पछाडी ठुलो आर्थिक चलखेल छ, यो निर्णय बैदेशिक रोजगार विभागका कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर बैदेशिक रोजगार विभागका महानिर्देशक लगायतका अन्य कर्मचारीहरुले नयाँ कम्पनीहरु दर्ता गरेका छन् यसमा हामीले अख्तियारको पनि ध्यानाकर्षण गराएका छौँ  र अख्तियारले पनि ध्यान दिनुपर्छ ।’

 बैदेशिक रोजगार व्यवसायी संघका सस्थापक अध्यक्ष महेन्द्र शेरचनले भने, ‘प्रक्रिया पुगेको छ भने सबैले व्यवसाय दर्ता गर्न पाउनुपर्छ, तर कम्पनि खोलिसकेपछि  राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्ने कम्पनीको लाईसेन्स खारेज सम्म गर्नुपर्छ ।’  उनले म्यानपावर कम्पनि खोल्ने प्रक्रिया मात्र अगाडी बढ्ने, काम कारबाही नगर्ने र जनता ठगिने मात्र भयो भने लाईसेन्स खोलेर मात्र कुनै अर्थ नहुने बताए । साथै हरेक म्यानपावरले असार  मसान्त भित्र नविकरण गर्नुपर्ने र साउन मसान्तभित्र नयाँ लाईसेन्स लिन सक्ने प्रक्रियाको व्यवस्था गर्नुपर्नेमा  जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने