2026-10-15 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारका लागि खाडी मुलुकमा घुम्ती शिविर सञ्चालन

चैत २, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । 

शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार अवधि नवीकरण, बिमा नवीकरण, कल्याणकारी कोषको रकम थप लगायत काम गरिनेछ । गत फागुन २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले वैदेशिक रोजगारीको समस्या समाधान गरी प्रतिवेदन तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव टङ्कमणि शर्माको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । 

कार्यदलमा गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य छन् । प्रधानमन्त्रीले शिविर सञ्चालन गरेर भए पनि कामदारको समस्या समाधान गर्न कार्यदललाई निर्देशन दिनुभएको थियो । 

कार्यदलले शिविर सञ्चालन गर्न आवश्यक प्रक्रिया सुरु गरेको कार्यदलका आमन्त्रित सदस्य सुशील ढुङ्गानाले जानकारी दिनुभयो । कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र मलेसिया लगायतका नेपालीको प्रमुख गन्तव्य मुलुकका विभिन्न सहरमा पुगेर शिविरले कामदारका लागि सहजीकरण गर्नेछ । 

विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई वैधानिक बनाउन तथा त्यहाँ कार्यरत नेपालीको समस्या पहिचान गर्न शिविरले काम गर्ने अपेक्षा गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु