सरकारले वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरकारले वि"/>
2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरहरु आतंकित, ७ दिनभित्र आर्थिक विवरण मागियो

चैत ४, काठमाडौं | वैदेशिक रोजगार विभागले म्यानपावरहरुसँग ७ दिनभित्र आर्थिक विवरण पेस गर्न ताकेता गरेपछि म्यानपावर कम्पनीमा हलचल मच्चिएको छ ।

सरकारले विदेश जाने कामदारसँग चर्को रकम अशुल्ने गरिएको भन्दै सबै म्यानपावरहरुलाई ७ दिन भित्र सबै विवरण बुझाउन निर्देशन दिएको छ । श्रम मन्त्रालयले २०७२ असार २१ गतेदेखि शून्य लागतमा खाडीका ६ देश साउदी अरब, संयुक्त अरब इमिरट्स, ओमन, कतार , बहराइन र मलेसियामा कामदार पठाउने नीतिलाई कार्यान्वयनमा ल्याएको थियो । फ्री भिसा, फ्री टिकट लागू भएको डेढ वर्ष बितीसक्दा पनि कामदारले चर्को मूल्य तिर्नुपरेको छ । फ्री भिषा/टिकटको निर्णय कार्यान्वयन नहुँदा म्यानपावरहरुले मनोमानी ढंगले पैसा अशुल्ने गरेका छन् । यस्तो अवस्थामा बिभागले म्यानपावरहरुको गतिबिधि मूल्यांकन गर्न व्यवसायी (म्यानपावर) सँग हिसाबकिताबको विवरण मागेको हो । 

विभागले बिबरण मागे अनुसार अब म्यानपावरहरुले प्रवद्र्धन खर्च, कति कामदार पठाउन पूर्वस्वीकृति लिईयो ? कति कामदार कुन कम्पनीमा पठाईयो ? कुन कम्पनीले हवाई टिकट (एयरलाइन्सको नामसहितको टिकट नम्बर ) पठायो ? कुन कम्पनीले हवाई टिकटबापत कति पैसा पठायो (रमिट्यान्स कम्पनीको नामसहित) ? कामदार पठाएबापत कुन कम्पनीले कति सेवा शुल्क दियो भन्ने कुराको विवरण मागिएको छ । कतिपय म्यानपावरहरुसँग यस्ता विवरण समेत सुरक्षित नहुँदा आतंक सिर्जना भएको छ भने केहि म्यानपावर भने कसरी बिबरण बुझाउने भन्ने बिषयमा अन्यौल बनेका छन् । बिभागले म्यानपावरसँग विवरण संगै कम्पनीको बैंक स्टेटमेन्टसमेत माग गरेको छ । 

माग गरिएको विवरण र बैंक स्टेटमेन्ट अनुसार बिभागले तोकिएभन्दा बढी रकम असुल गरको भेटिएमा वा ऐन/कानुन भन्दा बढी कारोबार गरिएको भेटिएमा कारबाही हुनेछ । 

यता सरकारले जति विवरण मागेपनि म्यानपावरको चोरबाटो अर्कै छ । म्यानपावरले आफुले कामदारसँग उठाउने रकमको बैंक मार्फत कारोबार गर्दैनन् । विदेश जाने कामदार र म्यानपावरले बिना कुनै भरपाई मोटो रकमको कारोबार गर्छन । यसरी कारोबार गरेको रकम विवरणमा देखिन्न । म्यानपावरले कामदारसंग धेरै रकम लिएर १० हजार रुपैयाको मात्रै रसिद दिने हुँदा पीडित कामदार कानुनी बाटोबाट न्याय पाउन वञ्चित हुन्छन् । 

बिभागका अनुसार माग भएको विवरण अनुसार अवैध सम्पत्ति देखिएमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार पनि कारबाहीमा पर्ने छन् । 

संघले बिभागको निर्देशन नमान्ने 

बैदेशिक रोजगार बिभागले ७ दिन भित्र विवरण पठाउन ताकेता गरेपनि यता बैदेशिक रोजगार ब्यबसायी संघले भने सबै म्यानपावर सञ्चालकहरूलाई विवरण नपठाउन निर्देशन दिएको छ । संघले श्रम मन्त्रालयसँग भएको ३१ बुदे सहमति बिपरित बिभागले म्यानपावर ब्यबसायीसँग विवरण मागेको भन्दै कसैलाई पनि विवरण नबुझाउन निर्देशन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु