2026-07-26 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारी: नेपालमा सबैभन्दा भरपर्दो म्यानपावर कुन होला ?

चैत ६, काठमाडौँ | ‘बैदेशिक रोजगारीमा जानको लागि सबैभन्दा भरपर्दो म्यानपावर कुन होला ?’ यो प्रश्न विदेश जान चाहने प्रायजसो सबै नेपालीले सोध्ने प्रश्न हो । तर कसैको यस्तो प्रश्नमा ढुक्क भएर कसैले पनि ‘यो म्यानपावर सबैभन्दा राम्रो छ भनेर भन्न सक्ने अवस्था छैन ।’

हामीले बैदेशिक रोजगारीमा चासो राख्ने हजारौं नेपालीहरुलाई ‘नेपालमा सबैभन्दा भरपर्दो म्यानपावर कुन हो’ भन्ने प्रश्न राखेका थियौं । जसमध्ये ८० प्रतिशत भन्दा धेरैले नेपालका कुनैपनि म्यानपावरले कामदारको हितमा काम नगरेको, चर्को पैसा अशुलीको काम गरेको तथा भए-नभएका आश्वासन देखाउने गरेको तर भने जस्तो नहुने गुनाशो व्यक्त गरेका छन् । सामाजिक संजाल तथा प्रत्यक्ष कुराकानीको क्रममा अधिकांशले नेपालमा कुनैपनि म्यानपावरलाई राम्रो भनेर भन्न सकिने स्थिति नभएको बताएका छन् । 

दैनिक हजारौं नेपालीहरु बैदेशिक रोजगारीमा जान बाध्य हुने गरेका छन् तर भनेजस्तो कम्पनी र सेवा सुबिधा नहुँदा बिभिन्न म्यानपावर कम्पनीबाट गएका नेपालीहरुले दु:ख भोग्नु परेको छ । म्यानपावरहरुले पैसाको लोभमा कामदार पठाउने क्रममा बिभिन्न सेवा/सुबिधा देखाउने गरेपनि बस्ताबमा नहुँदा विदेश जाने धेरै नेपाली कामदारको नजरमा म्यानपावर ब्यबसायीहरु झुटको खेति गर्ने र ठगनै हुन्छन भन्ने भान पर्दछ । यस्तो स्थति आउनुमा सबैभन्दा बढी दोष म्यानपावरहरुकै हो । म्यानपावरले विदेशबाट आएको कामदार कोटामा सेवा सुबिधाबारे बढाई-चढाई जानकारी दिंदा वा राम्रा कम्पनीमा समेत चर्को रकम अशुल्ने, राम्रो डिमाण्ड आएको बेला सर्वसाधारणलाई डिमाण्डबारे थाहा नै नदिने वा राम्रा डिमाण्डमा आफ्ना मान्छेलाई मात्र पठाउने गर्नाले म्यानपावरप्रति आक्रोश पोखिने गरेका छन् । 

केहि समय अघि कतार एयरवेज जानको लागि गोकर्ण फरेस्ट रिसोर्टमा अन्तर्वार्ता दिएर आएका धादिङ्ग साँखुका श्याम नेपालसँग फाइनल अन्तर्वार्ता दिनकै लागि एजेन्टले डेढ लाख मागेको समाचार साझा सबाल अनलाइनले प्रकासित गरेको थियो । राम्रो कम्पनीमा अन्तर्वार्ता दिनकै लागि पनि डेढ लाख माग्ने प्रवृति म्यानपावर भित्र मौलाएको एजेरु जस्तै हो । यो एउटा उदाहरण मात्रै हो । यस्ता घटना बैदेशिक रोजगारीमा जाने प्राय नेपालीले भोग्दै आएका घटना हुन् ।

केहि दिन अघि सामाखुसी स्थित एक म्यानपावरले दुबईमा सेक्युरिटी गार्डमा जानेहरुसंग प्रति व्यक्ति ४ लाख ५० हजार अशुल्यो । यत्रो चर्को रकम अशुलीको कारोबारमा म्यानपावरले कामदारलाई कुनै भरपाई दिएन । विदेश जाने कामदारले समेत आफु रोजगारीमा जान नपाउने डरले भरपाई माग्ने आँट गरेन । अन्तमा विदेश जाने दिन उसलाई म्यानपावरले १० हजार मात्र तिरेको रसिद बनाइदियो । उ बिदेस उड्यो । अब त्यस व्यक्तिलाई उक्त म्यानपावरप्रति कस्तो धारणा जाग्ला ?! प्राय म्यानपावरको यस्तै ब्यबहार हुन्छ ।

सम्बन्धित कम्पनीले निशुल्क उपलब्ध गराएको र उनीहरुकै कडा निगरानीमा आएका डिमाण्डमा समेत बिभिन्न बहानामा म्यानपावरहरुले चर्को रकम अशुल्ने काम गर्छन । झन्डै डेढ बर्ष अघिदेखि फ्री भिषा/टिकटको ब्यबस्था लागु भएको अवस्थामा कामदारले भने लाख/डेढलाख/५ लाख सम्म तिरेर १० हजारको रसिद बनाई विदेश जाने परिपाटी छ । यो बिषयलाई नियमन निकायले देखे नदेखेझैँ गरेको छ । 

बिशेषगरि काठमाडौँको जब्स ग्लोबल, स्काई ओभरसीस, अरब रिक्रुटमेन्ट, शिखर इन्टरनेसनल, जेरी भर्गिज, प्रुडेन्सियल, ब्लु स्काई, एसओ एस लगायत म्यानपावरलाई बिभिन्न देशमा पुगेका कामदारहरुले राम्रो भनेका छन् । हामीले कुन म्यानपावर राम्रो भन्ने बारे गरेको जिज्ञाशामा विदेश पुगेका कामदारहरुले दिएको प्रतिक्रिया तथा केहि म्यानपावरको अवलोकन पछी यी नामहरु सार्वजनिक गरेका हौँ । तर यी म्यानपावरहरु पनि शतप्रतिशत राम्रो छन् भन्ने हाम्रो निष्कर्ष हैन । यी म्यानपावर बिरुद्ध पनि मुद्धा परेका हुन सक्छन वा बिभिन्न बिबादमा मुछिएका हुन सक्छन । 

सम्बन्धित देशमा राम्रो कम्पनीसँग प्रत्यक्ष सम्झौता मार्फत आउने डिमाण्ड र त्यसतर्फ सकेसम्म कम शुल्कमा पठाउन सक्ने म्यानपावरहरु राम्रो मानिन्छ । उदाहरणको रुपमा राम्रो मध्ये गनिने म्यानपावर जब्स ग्लोबललाई दुबई ड्युटी फ्री, म्यारिओट होटल लगायत प्रतिष्ठित कम्पनीले सिधै डिमाण्ड दिने गर्छन् । त्यसमा पनि दुबई स्थित जब्स ग्लोबल नामक कम्पनीले सम्बन्धित देशमा सम्झौता गरेको कम्पनीमा मात्र कामदार पठाउँदा भनेजस्तो सेवा-सुबिधा तथा तलब पाउने गर्छन । यसै गरि नेपालमा संचालित केहि अरु म्यानपावर जसले सिधै विदेशका राम्रा कम्पनीसँग सम्झौता गरि डिमाण्ड लिन्छन त्यस्ता म्यानपावर कम्पनी राम्रा मान्न सकिन्छ । तर राम्रो मानिएको म्यानपावर कम्पनी पनि दलालहरुको कारण बदनाम बन्ने गरेका छन् । 

नेपालमा संचालित ७ सय भन्दा बढी म्यानपावरमा एकाद राम्रा म्यानपावर पनि छन् तर कुन म्यानपावर राम्रो छ भन्ने बिषयलाइ स्पष्ट रुपमा भन्न भने सकिने अवस्था भने छैन । यसै बिषयमा पर्बतका कृष्ण गौतमको नजरमा सबै म्यानपावर चोर र फटाह हुन्छन भन्ने छ, कुनैपनि म्यानपावरले नियमसंगत काम नगरेको उनको आरोप छ । उनि भन्छन ‘सरकारले ल्याएको नीति नमान्नेलाई चोर/फटाह नभने के भन्ने ?’ यस्तै झापाका हरिओम पोख्रेल म्यानपावर राम्रो नहुनु सरकारी निकायकै कमजोरी रहेको बताउँछन् । उनि भन्छन ‘नियमन निकाय भित्रै इमान्दारिता छैन भने त्यसको असर बैदेशिक रोजगारीमा पर्नु स्वभाविक छ । पहिले बैदेशिक रोजगारी तथा म्यानपावरलाई हेर्ने निकाय सच्चिनु पर्छ ।’ 

यस्तै हामीले यो बिषयलाई सामाजिक संजालमा समेत उठाएका थियौं, अरुको पनि यस बिषयमा प्रतिक्रिया हेरौं 







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ