२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा गर्भवती हुनु अवैधानिक हो भन्ने थाहा नपाउँदा जेल परिन् रमिता

२८ चैत्र २०७३, सोमबार ०८:३२

चैत २८,  सुनसरी । सुनसरीकी रमिता (नाम परिवर्तन) र उहाँका श्रीमान दिनभर ज्याला मजदुरी गर्नुहुन्थ्यो । त्यसकै कमाईले परिवार चलाउनुपथ्र्यो । तर दिनभरिको खटाइले घर चलाउन धौधौ पर्न थालेपछि रमिताले विकल्प खोज्न थाल्नुभयो ।

रमिताकी मामाकी छोरी पनि उहाँहरु सँगै बस्नुहुन्थ्यो । उहाँले रमिताको परिवारको दुःख नजिकबाटै देख्नुभएको थियो । उहाँहरुबिच समस्या पर्दा सरसापट पनि चल्थ्यो । त्यसैले उहाँले नै रमितालाई विदेश जान सल्लाह दिनुभयो । विदेशमा घरकै काम गर्दा पनि राम्रो कमाइ हुने भनेकी दिदीले विदेश जाने भए सहयोग पनि गर्ने बताइन् ।

एकातिर घरको अभाव अर्कोतिर दिदीका कमाइ राम्रो हुने कुरा । यी दुई कुराले उहाँलाई विदेश जान झनै उक्सायो । त्यही भएर उहाँले दिदीलाई ३० हजार रुपैयाँ दिनुभयो । पैसा लिइसकेपछि दिदीले उहाँलाई भारतको बाटो भएर जानुपर्ने बताइन् तर रमिताले मान्नुभएन । तर दिदीले साहुले कुवेतबाटै टिकट पठाउने भन्दै मुम्बईबाटै उड्नुपर्ने बताएपछि उहाँ जान तयार हुनुभयो । उहाँ २०६७ भदौमा भारतको मुम्बईबाटै कुवेत उड्नुभयो । कुवेत पुगेकी रमिताले काम दिदीले भने जस्तै पाउनुभयो । ‘खाना पकाउने अनि बच्चा हेर्नुपथ्र्यो’ रमिता भन्नुहुन्छ । 

उहाँले काम गर्ने साहुको घर साउदी अरबमा पनि थियो । त्यसैले रमिता कहिले कुवेतमा बस्नुपथ्र्यो त कहिले साउदी जानुपथ्र्यो । उहाँले दुई वर्ष यसरी नै कटाउनुभयो । दुई वर्षमा उहाँले घरमा पैसा पनि पठाउनुभयो ।

त्यतिञ्जेल श्रीमान भने छोराछोरी स्याहारेर बसिरहनुभएको थियो । तर दुई वर्षपछि उहाँ पनि साउदी नै जानुभयो । साउदीमा रमिता र उहाँका श्रीमानले काम गर्ने ठाउँ नजिकै थियो । त्यसैले उहाँहरुको कहिलेकाहीँ भेट हुन थाल्यो । यही भेटका क्रममा रमिता साउदीमै गर्भवती  हुनुभयो । त्यतिञ्जेल ठिकै चलिरहेका रमिता दिन त्यसपछि भने बिग्रिए । साहुले गैरकानूनी काम गरेको भन्दै प्रहरीलाई बुझाइदिए । प्रहरीको हात परेकी रमितालाई जेल चलान नै गरियो । 

दिदी जेल परेको खबरले आत्तिएकी रमिताकी बहिनी उद्धारको आग्रह गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा त पुग्नुभयो तर उहाँसँग दिदीले विदेश जाँदा ३० हजार रुपैयाँ तिरेको मात्रै थाहा थियो । तर त्यतिले उद्धारका लागि केही गर्न नसकिने भएपछि उहाँले पुरानो फोटो खोज्नुभयो । तर उहाँको उद्धार गर्न नभ्याउँदै उहाँले बच्चा जन्माउनुभयो त्यो पनि जेलमै । 

रमिताका श्रीमानले दुई छोराछोरी बहिनी र आमालाई जिम्मा लगाएर साउदी जानुभएको थियो । तर रमिता सुत्केरी भएको केहीदिनमै आमाको निधन भयो । आमाको निधनको खबर सुनेर रमिताले घर फर्किने धेरै प्रयास गर्नुभयो तर सक्नुभएन । त्यसैले छोराछोरी हेर्ने जिम्मेवारी रमिताकी बहिनीकै काँधमा आयो । 

विभिन्न संघसंस्था र राजदूतावासको पहलमो रमिता १३ महिना जेल बसेर २०७२ साल कात्तिकमा नेपाल फर्किनुभएको छ । ‘रोजगारीका लागि जानेहरुले गर्भवती  हुनु अवैधानिक हो भन्ने थाहा थिएन’ घर फर्किएकी रमिताले सुनाउनुभयो ‘धन्न एक जना महिला प्रहरीले सहयोग गरेकाले घर फर्किन पाएँ ।’ रमिता फर्किएको केही समयपछि उहाँका श्रीमान पनि घर फर्किनुभयो । अहिले रमिता घरमै हुनुहुन्छ । श्रीमान चाहिँ वैदेशिक रोजगारीका लागि फेरि कुवेत जानुभएको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान