2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा गर्भवती हुनु अवैधानिक हो भन्ने थाहा नपाउँदा जेल परिन् रमिता

चैत २८,  सुनसरी । सुनसरीकी रमिता (नाम परिवर्तन) र उहाँका श्रीमान दिनभर ज्याला मजदुरी गर्नुहुन्थ्यो । त्यसकै कमाईले परिवार चलाउनुपथ्र्यो । तर दिनभरिको खटाइले घर चलाउन धौधौ पर्न थालेपछि रमिताले विकल्प खोज्न थाल्नुभयो ।

रमिताकी मामाकी छोरी पनि उहाँहरु सँगै बस्नुहुन्थ्यो । उहाँले रमिताको परिवारको दुःख नजिकबाटै देख्नुभएको थियो । उहाँहरुबिच समस्या पर्दा सरसापट पनि चल्थ्यो । त्यसैले उहाँले नै रमितालाई विदेश जान सल्लाह दिनुभयो । विदेशमा घरकै काम गर्दा पनि राम्रो कमाइ हुने भनेकी दिदीले विदेश जाने भए सहयोग पनि गर्ने बताइन् ।

एकातिर घरको अभाव अर्कोतिर दिदीका कमाइ राम्रो हुने कुरा । यी दुई कुराले उहाँलाई विदेश जान झनै उक्सायो । त्यही भएर उहाँले दिदीलाई ३० हजार रुपैयाँ दिनुभयो । पैसा लिइसकेपछि दिदीले उहाँलाई भारतको बाटो भएर जानुपर्ने बताइन् तर रमिताले मान्नुभएन । तर दिदीले साहुले कुवेतबाटै टिकट पठाउने भन्दै मुम्बईबाटै उड्नुपर्ने बताएपछि उहाँ जान तयार हुनुभयो । उहाँ २०६७ भदौमा भारतको मुम्बईबाटै कुवेत उड्नुभयो । कुवेत पुगेकी रमिताले काम दिदीले भने जस्तै पाउनुभयो । ‘खाना पकाउने अनि बच्चा हेर्नुपथ्र्यो’ रमिता भन्नुहुन्छ । 

उहाँले काम गर्ने साहुको घर साउदी अरबमा पनि थियो । त्यसैले रमिता कहिले कुवेतमा बस्नुपथ्र्यो त कहिले साउदी जानुपथ्र्यो । उहाँले दुई वर्ष यसरी नै कटाउनुभयो । दुई वर्षमा उहाँले घरमा पैसा पनि पठाउनुभयो ।

त्यतिञ्जेल श्रीमान भने छोराछोरी स्याहारेर बसिरहनुभएको थियो । तर दुई वर्षपछि उहाँ पनि साउदी नै जानुभयो । साउदीमा रमिता र उहाँका श्रीमानले काम गर्ने ठाउँ नजिकै थियो । त्यसैले उहाँहरुको कहिलेकाहीँ भेट हुन थाल्यो । यही भेटका क्रममा रमिता साउदीमै गर्भवती  हुनुभयो । त्यतिञ्जेल ठिकै चलिरहेका रमिता दिन त्यसपछि भने बिग्रिए । साहुले गैरकानूनी काम गरेको भन्दै प्रहरीलाई बुझाइदिए । प्रहरीको हात परेकी रमितालाई जेल चलान नै गरियो । 

दिदी जेल परेको खबरले आत्तिएकी रमिताकी बहिनी उद्धारको आग्रह गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा त पुग्नुभयो तर उहाँसँग दिदीले विदेश जाँदा ३० हजार रुपैयाँ तिरेको मात्रै थाहा थियो । तर त्यतिले उद्धारका लागि केही गर्न नसकिने भएपछि उहाँले पुरानो फोटो खोज्नुभयो । तर उहाँको उद्धार गर्न नभ्याउँदै उहाँले बच्चा जन्माउनुभयो त्यो पनि जेलमै । 

रमिताका श्रीमानले दुई छोराछोरी बहिनी र आमालाई जिम्मा लगाएर साउदी जानुभएको थियो । तर रमिता सुत्केरी भएको केहीदिनमै आमाको निधन भयो । आमाको निधनको खबर सुनेर रमिताले घर फर्किने धेरै प्रयास गर्नुभयो तर सक्नुभएन । त्यसैले छोराछोरी हेर्ने जिम्मेवारी रमिताकी बहिनीकै काँधमा आयो । 

विभिन्न संघसंस्था र राजदूतावासको पहलमो रमिता १३ महिना जेल बसेर २०७२ साल कात्तिकमा नेपाल फर्किनुभएको छ । ‘रोजगारीका लागि जानेहरुले गर्भवती  हुनु अवैधानिक हो भन्ने थाहा थिएन’ घर फर्किएकी रमिताले सुनाउनुभयो ‘धन्न एक जना महिला प्रहरीले सहयोग गरेकाले घर फर्किन पाएँ ।’ रमिता फर्किएको केही समयपछि उहाँका श्रीमान पनि घर फर्किनुभयो । अहिले रमिता घरमै हुनुहुन्छ । श्रीमान चाहिँ वैदेशिक रोजगारीका लागि फेरि कुवेत जानुभएको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु