पहिले-पहिले म्यानपावरबाट बिदेश जाँदा पैसा तिरेको रसिद दिइन्थियो तर आजभोली म्यानपावरले पैसा तिरेको रसिद समेत दिन छाडे । म्यानपावरले पैसाको बलमा बिभागलाई समेत आफ्नो खुट्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पहिले-पहिले म्यानपावरबाट बिदेश जाँदा पैसा तिरेको रसिद दिइन्थियो तर आजभोली म्यानपावरले पैसा तिरेको रसिद समेत दिन छाडे । म्यानपावरले पैसाको बलमा बिभागलाई समेत आफ्नो खुट्ट"/>
2026-10-15 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बैदेशिक रोजगारीमा जाँदा हामीले तिर्ने मोटो रकम बाडिन्छन्’

पहिले-पहिले म्यानपावरबाट बिदेश जाँदा पैसा तिरेको रसिद दिइन्थियो तर आजभोली म्यानपावरले पैसा तिरेको रसिद समेत दिन छाडे । म्यानपावरले पैसाको बलमा बिभागलाई समेत आफ्नो खुट्टामा राखेका छन् । रसिद दिने म्यानपावरले समेत १०,०००/- को मात्र दिन्छन् । नेपालीले विदेश जाँदा तिर्ने लाख भन्दा माथिको कालो पैसा बिभिन्न नाममा कमिसनको रुपमा बाडिन्छ ।  

नेपाल सरकारसँग एउटा मेरो प्रश्न के छ भने “धेरै पैसा लिएर म्यानपावरले दस हजारको मात्र भर्पाइ दिन्छ, यदि हामी त्यत्रो पैसा तिरेर फस्यौ भने भोलि कुन आधारमा पैसा असुली गर्ने ? कि त पुरै पैसाको भर्पाइ दिने ब्यबस्था गर्नु पर्यो कि त त्यहि  १०,०००/- मै बिदेश जाने बाताबरण मिलाइदिनु पर्यो ।

नेपाल सरकारले १०,०००/- मा बिदेश पठाउने भन्ने नियम न त राम्रो सँग लागू भयो न त खारेज नै भयो । बरु यही नाममा म्यानपावर, दलाल, सरकारी निकायका भ्रष्ट कर्मचारी र विदेशबाट डिमाण्ड मिलाउने दलालहरु मोटाईरहेका छन् । शुन्य लागतको नियम बिभागको कागजमा मात्र सिमित छ, कार्यान्वयनमा ९५% भन्दा बढी म्यानपावरले अवलम्बन गरेको छैन । म्यानपावरले पैसा असुल्न नछोडेको अवस्थामा नेपाल सरकार कानमा तेल हालेर बसेको छ । नेपाल सरकारको नीतिलाई मान्ने हो भने कुनै कमिसन  नेपालीले बिदेश जान पाउँदैन् किनकी दस हजारमा कुनै पनि म्यानपावरले विदेश पठाउदैनन् । म्यानपावरले लिने मोटो रकम बिभिन्न नाममा बाडिन्छन् । कतिपय म्यानपावरका हाकिमको कुरालाई सापटी लिएर भन्ने हो भने हामीले तिर्ने मोटो रकम विदेशबाट डिमाण्ड मिलाउने दलाल, त्यहाँ स्थित दुतावासदेखि भ्रष्ट सरकारी कर्मचारी तथा एयरपोर्ट सेटिङसम्मलाई म्यानपावरले पैसा बुझाउने गर्छन । 

कमिसनको खेलमा नेपाल सरकारल लिएको नीति लागू हुनु त कता हो कता झन जनता मारमा परेका छन् । साथै लाख बुझाएर दस हजारको भर्पाइ समाउन विवश छन ।

अझै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बस्छन् भने सबै नेपालीले बुझौं कि बैदेशिक रोजगारीमा जाँदा नेपाली युवाले तिर्ने लाखौ रकमको मोटो हिस्सा ठूला नेता तथा बैदेशिक रोजगार बिभागका कर्मचारीलाई समेत पुगेको छ । यदी मेरो आरोप गलत हो भने बैदेशिक रोजगारीको यो बेथिति सुधारेर देखाउनुस । 

धन्यवाद !

– शिवराज अधिकारी 

गोर्खा, आरुघाट 

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा तपाइको परिचय खुल्ने कागजातको फोटो खिचेर पठाउनुपर्नेछ । साथै आफ्नो तश्विरसहित टिप्पणी राख्न चाहनुहुन्छ भने फोटोसमेत पठाउन सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु