वैशाख ६, काठमाडौं । खाडी मुलुकमा काम गर्न गएका घरेलु कामदार विदा मनाउन नेपाल आए जान नपाउने भएका छन् ।  

संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ६, काठमाडौं । खाडी मुलुकमा काम गर्न गएका घरेलु कामदार विदा मनाउन नेपाल आए जान नपाउने भएका छन् ।  

संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले गत"/>

2026-10-15 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरेलु कामदार बिदामा नेपाल आए फर्किन नपाउने

वैशाख ६, काठमाडौं । खाडी मुलुकमा काम गर्न गएका घरेलु कामदार विदा मनाउन नेपाल आए जान नपाउने भएका छन् ।  

संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले गत चैत २२ गतेदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ ।  श्रम स्वीकृति र भिसा लिएर उड्न ठिक्क परेका घरेलु कामदारहरु गत २२ गतेदेखि युएइ लगायतका खाडी मुलुकमा जान पाएका छैनन् । श्रम स्वीकृति, घरेलु कामदारको भिसा, पर्यटक भिसा लगाउने मात्र होइन घरेलु कामदारमा गएर विदा मनाउन नेपाल आएकाहरुलाई पनि त्यता जान दिइएको छैन ।    

 उनीहरुले श्रम कार्यालयले श्रम स्वीकृति नविकरण गर्ने गरेको छैन । पर्यटक भिसा लगाएकाहरुलाई भने त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले जान  दिएको छैन । घरेलु कामदार जान रोक लगाएपछि सरकारको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

घरेलु कामदार विदामा आएतापनि काम गर्न विदेश पठाउन सरकारले रोक्न नहुने सरोकारबाला संघसंस्थाले बताएका छन् । यस विषयमा वैदेशिक रोजगार विभागले श्रम समितिको निर्देशनपछि घरेलु कामदार पठाउन रोक लगाएको जनाएको छ। विभागका महानिर्देशक विश्वराज पाण्डेले घरेलु कामदारमा रोक लगाउ भन्नासाथ रिइन्ट्री, वैध तथा अवैध सबैबाटोबाट जाने पर्ने र कानुनले सबैलाई एउटै तराजुमा राखेर व्यवहार गर्नुपर्ने हुदाँ विदामा आएकाहरुलाई श्रम स्वीकृति नबिकरण नदिइएको बताए।

घरेलु कामदार खाडी मुलुक पठाउने प्रतिबन्ध कहिले खुल्छ त भन्ने प्रश्नमा महानिर्देशक पाण्डेले त्यो बन्द गर्नेलाई नै सोध्नुपर्ने भन्दै तर्किए । सरकारले घरेलु कामदार पठाउन बन्द गरेपनि अवैधानिक बाटोबाट उनीहरु खाडी मुलुक पुग्ने व्यवसायीहरुले दाबी गरेका छन् । भारत, श्रीलंका, थाइल्याड लगायतका देशबाट उनीहरु ओमन तथा कुवेत पुग्ने गरेको जानकारी हामीले पाएका छौ, घरेलु कामदार सरोकार समितिका महासचिव डिबी तामाङले भने । 

उनका अनुसार अहिलेपनि मासिक १२ सयजति घरेलु कामदार अवैध बाटोबाट विदेश जाने गरेका छन् । कुवेतमा ६ हजारभन्दा बढी, युएइमा २५ हजार, साउदीमा ४० हजार, जिसिसि राष्ट्रमा १ लाख ५० हजारजति घरेलु कामदार रहेको घरेलु कामदार सरोकार समितिले जनाएको छ । विदेश पुगेका अधिकांश घरेलु कामदार अवैध तरिकाबाट त्यहाँ पुगेको समितिको दाबी छ । सेतोपाटीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु