जेठ २९, काठमाडौँ । कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ ।  

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २९, काठमाडौँ । कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ ।  

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबि"/>

2026-10-15 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण कतारबाट नेपाली कामदारलाई पैसा पठाउन समस्या


जेठ २९, काठमाडौँ । कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ ।  

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेपछि आर्थिक क्षेत्रमा पनि समस्या देखिएको अन्तरास्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

यसको असर कतारमा रहेका नेपाली कामदारहरुले पनि भोग्नु परेको छ । डलर अभाव भएपछि नेपालीलाई घरमा पैसा पठाउन समस्या पर्ने देखिएको छ । कतारमा झण्डै चार लाख ५० हजार नेपाली कार्यरत छन् । उनीहरुले नेपालमा दैनिक झण्डै एक करोड ३५ लाख रुपैयाँ पठाउने गरेको राष्ट्र बैंकको तथ्याँक छ ।

सात देशले कतारसँग सम्बन्ध तोडेको एकहप्ता बित्दा कतारमा सञ्चित डलर सकिएपछि यसको प्रभाव सुरु भएको हो । सम्बन्ध तोडेपछि लगाएको सामुन्द्रीक र हवाई नाकाबन्दीका कारण कतारकासँगको आर्थिक कारोवार पनि बन्द भएसँगै मुद्रा सटही केन्द्रहरुमा डलरको अभाव भएको हो ।

युएईले यसअघि नै कतारसँग करोबार गर्नेलाई जेल सजाय र जरिवानाको घोषणा गरिसकेको छ । अरु पश्चिमा देशहरुले पनि कतासँग चलिरहेको कारोबार बाहेक कुनै पनि नयाँ आर्थिक कारोबार गरेका छैनन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु