असार ७, उदयपुर । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यानपावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ७, उदयपुर । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यानपावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत"/>
2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

म्यानपावरले ठगेछि १७ युवा साउदीमा अलपत्र

असार ७, उदयपुर । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यानपावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् ।

काठमाडौँको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साता अघि साउदीमा पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडित युवाका दाजु होमराज राईले जानकारी दिएका छन् ।

साउदीमा बिचल्ली हुनेहरुमा उदयपुरका गोविन्द खड्का, होमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्र बस्नेत, तेजबहादुर कटुवाल, वसन्त राई, दुर्गानारायण श्रेष्ठ, तेजबहादुर कटुवाल, उमेश खड्का, युवराज कार्की, सोभित राई, तोपबहादुर मगर, मोहन राई, मनोज राई, मातृका घिमिरे सहितका युवा रहेका पीडितका आफन्तले बताए ।

प्रतिव्यक्ति रु एक लाखका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालक लिम्बू दम्पतीले काठमाडौँको मुख्य म्यानपावर साउनलाइन्स मार्फत साउदी पठाएपनि साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र अहिले बिजोग अवस्थामा होटलमा बस्नु परिरहेको राजन कार्कीका दाजु सरोज कार्कीले जानकारी दिए ।

म्यानपावर सञ्चालक लिम्बूद्वय भने सम्पर्कविहीन अवस्थामा रहेको पनि पीडितका आफन्तहरुले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित