2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको योजना कार्यन्वयन हुँदै: विदेशमा मृत्यु भएका परिवारले ७ लाख क्षतिपूर्ति पाउने

असार २८, काठमाडौं । अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् ।

मृतकका परिवारले अहिलेसम्म ३ लाख क्षतिपूर्ति पाउँदै आएका थिए । अब ४ लाख थप गरी क्षतिपूर्तिबापत ७ लाख रुपैयाँ पाउने भएका हुन् । मन्त्रिपरिषदले ३ लाखको क्षतिपूर्ति रकमलाई बढाएर ७ लाख बनाउने निर्णय गरेको छ । यसै साताभित्र यो निर्णय राजपत्रमा प्रकाशित हुने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए।

‘राजपत्रमा सूचना प्रकाशित भएकै दिनदेखि यो निर्णय कार्यान्वयनमा जान्छ । त्यसपछि मृतकका परिवारले अहिले बोर्डबाट पाउने भन्दा ४ लाख बढी क्षतिपूर्ति बुझ्छन् । काफ्लेले भने । अब बीमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले झण्डै २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउनेछन् ।

अघिल्लो वर्षको भदौ २३ गते संसदमा सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विदेशमा ज्यान गुमाएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति बापतको रकम ७ लाख रुपैयाँ बनाउने घोषणा गरेका थिए । तर, त्यसको झण्डै एक वर्षपछि मन्त्रिपरिषदले यो प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित