2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा कामदारको तलब ह्वातै बढ्यो


अर्जुन बराल/साउन १, दक्षिण कोरिया । दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि न्युनतम ज्याला निर्धारण समितिका २७ सदस्यका बिच ११ औ बैठकमा मतदान मार्र्फत साबिक ज्याला ६,४७० वोनको १६.४ प्रतिशत अर्थात ७,५३० वन प्रतिघण्टाका दरले जनवरीबाट लागु हुनेगरि बृद्धि गरेको छ ।

कोरियामा मजदुर पक्षले सरकारसँग न्युनतम ज्यालाका बिषयमा १०,००० वन माग गरि बैठकमा दबाद दिनु र कम्पनि ब्यबस्थापनले मजदुरको माग बमोजिम ज्याला बढाउँन नसकिने भनाईका बिच १० औ बैठक सकिएको भएतापनि सन् २०१८ को ज्याला बृद्धि सम्बन्धि निर्णय अगस्ट ५ भित्रै गरिसक्नु पर्ने भएकोले मजदुर पक्ष,कम्पनि ब्यबस्थापन पक्ष र सरकारका प्रतिनिधि सहित २७ सदस्यका बिच आपसि छलफल र बहुमतका आधारमा नयाँ ज्यालादर बढाईएको कोरियन समाचारले जनाएको छ ।

आज तोकिएको तलब अनुसार अब मजदुरले प्रतिमहिना २०९ घण्टा सहित १५,७३,७७० वोन(४ १३८७.७६) मासिक अतिरित्त काम बाहेक प्राप्त गर्दछन् भने कृर्र्षि तथा पशुपालन क्षेत्रमा रहेका कामदारको हकमा भने अतिरित्त ज्यालादर लागु नभै कार्य समयलाई प्रतिघण्टा ज्यालादरमा लागु गरिने छ ।

यसै गरि राष्ट्रपति मुन जे ईन ले आफनो राष्ट्रपतिको पाँच बर्षे कार्यकाल सन् २०२२ सम्ममा मजदुरको प्रतिघण्टा ज्यालालाई १०,००० वोन अर्थात ४८.८१ पुरयाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित