साउन ४, धनुषा । ‘तिम्रो जनकपुरमा वैदेशिक रोजगार सम्बन्धी सूचना दिने अफिस छ । त्यहाँ गएर एक पटक सूचना लिनु’ यो भनाई सुन्दा अजयकुमारलाई आफू म्यानपावरमा छु जस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, धनुषा । ‘तिम्रो जनकपुरमा वैदेशिक रोजगार सम्बन्धी सूचना दिने अफिस छ । त्यहाँ गएर एक पटक सूचना लिनु’ यो भनाई सुन्दा अजयकुमारलाई आफू म्यानपावरमा छु जस्"/>

2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठग्छन् भन्ने सुनेका म्यानपावरले नै ठगिबाट जोगिने काइदा सिकाएपछि अजयकुमार दंग


साउन ४, धनुषा । ‘तिम्रो जनकपुरमा वैदेशिक रोजगार सम्बन्धी सूचना दिने अफिस छ । त्यहाँ गएर एक पटक सूचना लिनु’ यो भनाई सुन्दा अजयकुमारलाई आफू म्यानपावरमा छु जस्तै लागेन ।

किनकी विदेश जाने सोच्दै गर्दा उहाँले म्यानपावरका बारेमा कसैबाट राम्रो कुरा सुन्नुभएकै थिएन । रेडियोमा सुन्दा होस या पत्रपत्रिका पढ्दा उहाँले ठगिएकाहरुको कथा धेरै पाउनुभएको थियो । अनि त्यसको मुख्य कारक देखिन्थ्यो–म्यानपावर । त्यसमाथि उहाँले विदेशका बारेमा कहिँ कतै बुझ्नु पनि भएको थिएन् ।

साथीले विदेश गएर राम्रो कमाएको देखेपछि उहाँ पनि त्यसकै लहडमा विदेशमा तयारीमा लाग्नुभएको थियो । त्यसैले म्यानपावरले झुक्याउँछन् कि भन्ने शंका मनमा थियो नै । जनकपुर–२१ का अजयकुमार मण्डल खत्वेले एसएलसीसम्म पढ्नुभएको थियो । त्यसैले घर चलाउनलाई ज्याला मजदुरी गर्नु बाहेक अर्को विकल्प थिएन ।

तरसँगैका साथीले विदेश गएर कमाएको पैसाले घर जग्गा जोडेपछि उहाँलाई पनि त्यसैले लोभ्यायो । त्यसैले उहाँ काठमाडौंको देवान ओभरसिजमा पुग्नुभयो । विदेश जाने प्रक्रिया सुरु गर्न । म्यानवापरले उहाँलाई विदेश पठाउने प्रक्रिया सुरु भयो । सुरुमै उहाँलाई म्यानपावरले विदेशको बारेमा बुझेको नबुझेको कुरा सोधे सोधियो । उहाँलाई विदेशका बारेमा धेरै जानकारी थिएन । ‘मैले जे बुझेको थिएँ त्यही बताएँ’ अजयकुमार भन्नुहुन्छ ।

प्रक्रिया सुरु गरेको एक महिनामा उहाँलाई म्यानपावरले भिसा आएको जानकारी गरायो अनि कार्यालयमै बोलाएर अभिमुखिकरणमा पनि सहभागी गरायो । दुई दिनको अभिमुखिकरणमा सहभागी भएपछि उहाँलाई म्यानपावरको कर्मचारीले अब फ्लाइटका लागि केही समय लाग्ने भन्दै घर फर्किन भने ।

अनि म्यानपावरका तिनै कर्मचारीले सूचना केन्द्रमा गएर सबै कुरा बुझ्न पनि आग्रह गरे । ‘उनीहरुले मलाई तिम्रो जनकपुरमा वैदेशिक रोजगारी सम्बन्धी जानकारी दिने अफिस छ, त्यहाँ गएर एक पल्ट जानकारी लिनु पछि काम लाग्छ भने’ अजयकुमार भन्नुहुन्छ ‘उनीहरुले नै सूचना केन्द्रमा विदेशमा गर्नुपर्ने काम त्यहाँको नियम कानुन अनि त्यहाँ अप्ठ्यारो प¥यो भने के गर्ने भन्ने कुरा सिकाउँछन भनेका हुन् ।’

उनीहरुले सूचना केन्द्र मालपोत र जिल्ला प्रशासन कार्यालयको परिसरमै छ भनेर ठेगाना पनि दिए । अजयलाई यो ठेगाना नौलो थिएन । किनकी उहाँ यस भन्दा अघि प्रशासन कार्यालय जानुभएको थियो अनि सँगै रहेको सूचना केन्द्र देख्नुपनि भएको थियो । तर उहाँले सूचना केन्द्रबारे कुनै चासो नै राख्नुभएको थिएन । 

सुरुदेखि नै म्यानपावरका प्रतिनिधि र अभिमुखिकरण गराउने व्यक्तिले सूचना केन्द्र जानुपर्छ भनेपछि उहाँ सूचना केन्द्र पुग्नुभयो । तर पहिल्यै यी कुरा नबुझेको उहाँलाई पछुतो पनि लागिरेको छ । ‘देख्न त पहिले पनि मैले यो अफिस देखेको थिएँ ।

तर मैले कहिले वास्ता गरिन । तर काठमाडौंको म्यानपावर र अभिमुखिकरण कक्षाबाट सुचना केन्द्रमा जाउ भनेपछि यहाँ आएँ । पहिल्यै आएको भए म काम त सिकेर जान पाउँथे ।’

तालिम लिन नपाएपनि आफ्ना कागजातको एकप्रति घरमा छोड्नुपर्ने रहेछ, एजेण्ट वा म्यानपावरलाई पैसा दिँदा बैंक मार्फत दिएर भौचर अनिवार्य रुपमा लिनुपर्ने रहेछ भन्ने कुरा थाहा पाएकोमा अजय खुशी हुनुहुन्छ अनि आफूले लिन नपाएको तालिम भाईलाई भने जसरी पनि लिन लगाउने निर्णयमा पनि पुग्नुभएको छ ।

अजयको दुवईको लागि किचेन हेल्परको भिसा आएको छ । उहाँ महिनाको १२ सय दिर्हाम पाउने सम्झौतामा दुई हप्तामा उड्दै हुनुहुन्छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित