सुसान आचार्य /युएइ | वैदेशिक रोजगारीका लागि काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीलाई नक्कली भिसामा श्रम स्वीकृति दिइएको रहस्य खुलेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुसान आचार्य /युएइ | वैदेशिक रोजगारीका लागि काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीलाई नक्कली भिसामा श्रम स्वीकृति दिइएको रहस्य खुलेको छ । 

2026-10-15 12:48 PM
काठमाडौँ - KTM

पासपोर्टमा नक्कली श्रम ! अध्यागमनमा दलालको मिलोमतो, युएइमा २० नेपाली अलपत्र

सुसान आचार्य /युएइ | वैदेशिक रोजगारीका लागि काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीलाई नक्कली भिसामा श्रम स्वीकृति दिइएको रहस्य खुलेको छ । 

मकवानपुर स्थाइ ठेगान भएका अरुण नेगीको पासपोर्टमा युएईस्थित ट्रान्सगार्ड सेक्युरिटी कम्पनीको नाम लेखी १६ सय ५१ दिराम तलब उल्लेख गरी श्रमको नक्कली स्टिकर समेत टाँसिएको नेपाली दूतावास युएइले छानबिन गर्दा बताएको छ ।

राम्रो काम र राम्रो तलब सुबिधा हुने आश्वासन देखाइ अर्थ लाइन ट्राभल्सले नेगि सङ २ लाख ७० हजार रुपैयाँ लियर श्रमको नक्कली स्टिकर टासी युएइ पठाएको भएपनि अध्यागमनले चेकजाँच नै नगरी छोडेपछी प्रसासनको समेत मिलोमतो रहेको खुल्न आएको छ । 

सामन्य पढ्लेख गरेका नेगिले आफुलाई ट्राभल्सले झुक्याएर पठाएको बताएका छन् भने यता युएइ स्थित नेपाली दूतावासले नेगिको पासपोर्टमा टासिंएको श्रमको स्टिकर छाप र हस्ताक्षर समेत नक्कली रहेको भनी यसमा अध्यागमन भित्रका कर्मचारीको समेत मिलोमतो भएको बताएका छन ।

भिजिट भिषाको बहानामा मानव तस्करको काम गर्दै आएको ट्राभल्सले विभिन्न समयमा युएई ल्याइ युएइको मुसफा ३२ स्थित एक घरमा अलपत्र पारेका ४० नेपाली मध्य २० जना नेपालीले युएइ स्थित दूतावासमा आफुहरु पीडित भएको निवेदन दिएपश्चात् छानबिन गर्दा नेपालबाट नै सेटिङमा युएइ पठाएको खुल्न आएको हो ।

यता घटना बाहिर आएसङ्गै पीडित नेपालीलाई दिनौजसो कुटपिट गर्न तथा ज्यान मार्न धम्की दिने ट्राभल्सका युएइ एजेन्ट साजन भनिने प्रेम पान्डेले दूतावासका कर्मचारी र प्रशासनसँग नै आफ्नो मिलोमतो भएको उल्लेख गर्दै दूतावासका केहि कर्मचारीसँग सधै जसो फोन सम्पर्क गर्ने गरेको पीडितले बताएका छन ।

यस्तै अलपत्र परेका २० जनामध्य पाँच जना अबैधानिक बनिसकेको र युएइको अध्यागमनलाई बुझाउनुपर्ने जरिवाना रकम समेत झन्डै नेपाली २ लाख ५० हजार सम्म पुगेको हुँदा एजेन्टले जरिवानानै नतिरी पीडितलाई युएइ ब्यन्ड नै गरेर पठाउने तयारी गरेको पीडितको भनाइ रहेको छ ।

दूतावासमा निवेदन हालेको दुई हप्ता पुग्दा समेत दूतावासले कुनै चासो नदिएको तथा आफुले कारबाही गर्न नसक्ने बताएपछी यतिखेर अलपत्र परेका २० नेपालीको युएइमा बिचल्ली भएको छ भने घटनाबारे नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित