७ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

२४ माघ २०८१, बिहीबार १४:४४

काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीया हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३५ वर्षीय दिपेश महतो रहेका छन् ।

पक्राउमध्ये हिमकलाले सर्विया पठाइदिछु भन्दै एक जना पीडितबाट ८० हजार रूपियाँ, बलरामले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख रूपियाँ र दिपेशले मलेसिया पठाइदिन्छु भन्दै चार जना पीडितबाट १२ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिमकला र बलरामलाई काठमाडौं टेकुबाट बुधबार तथा दिपेशलाई काठमाडौं टेकुबाट मङ्गलबार पक्राउ गरेको हो ।

पक्राउमध्ये हिमकला र बलरामलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा दिपेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानीको बाल्टिनमा डुबेर बालकको मृत्यु खल्तीमा बोकेको मोबाइल पड्किँदा युवकको अण्डकोष फुट्यो ठाकुरराम क्याम्पसको मतगणना रोकियो, विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन स्थानीय सरकारले गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रधानमन्त्री रुपन्देहीमा अर्काको नाममा एसइई दिने विद्यार्थी पक्राउ भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु रवीन्द्र लेख्छन्- गिरिजा नारायणहिटी भत्काएर विदेशी दरबार निर्माण गर्ने नेता चन्द्र भण्डारी भन्छन्: १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बनाएका हौँ त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित खेलकुदमन्त्री चौधरीलाई कार्यकर्ताद्वारा पार्टी कार्यालयमै कालो झण्डा सनस्क्रिन किन र कसरी लगाउने ? फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामाकरण १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा युवक समातिए ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास ! राजतन्त्र कि गणतन्त्र ? नेपाली सेनाले जारी गर्यो यस्तो विज्ञप्ति पटकपटक प्रयास गर्दा पनि प्रचण्डसँग सम्पर्क भएन, प्रयासरत छु : प्रधानमन्त्री ओली सार्वजनिक ऋण पौने २७ खर्ब, प्रत्येक नेपालीको टाउकोमा ९० हजार गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको छ : प्रधानमन्त्री काठमाडौँको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु नेपालको शिक्षा विदेशको भन्दा सस्तो छ, युवाहरूलाई देशलाई माया गर्न सिकाउनुपर्छ : प्रधानमन्त्री ओली