अर्जुन बराल | साउन ८, सोल (कोरिया) | दक्षिण कोरिया भन्नेबित्तिकै हामी रोजगार प्रक्रिया प्रणाली अन्तर्गतको भाषा परिक्षा उर्तीण लगायतका आधारभुत मापदण्ड पुरा गरेपछि जान पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल | साउन ८, सोल (कोरिया) | दक्षिण कोरिया भन्नेबित्तिकै हामी रोजगार प्रक्रिया प्रणाली अन्तर्गतको भाषा परिक्षा उर्तीण लगायतका आधारभुत मापदण्ड पुरा गरेपछि जान पा"/>
2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियन भाषा बोल्दा गलत अर्थ लागेपछी कोरियाको जेल पुगे एक नेपाली

अर्जुन बराल | साउन ८, सोल (कोरिया) | दक्षिण कोरिया भन्नेबित्तिकै हामी रोजगार प्रक्रिया प्रणाली अन्तर्गतको भाषा परिक्षा उर्तीण लगायतका आधारभुत मापदण्ड पुरा गरेपछि जान पाईने अनी आम्दानीपनि मनग्य गर्न सकिने राष्ट्रको रुपमा लिन्छौ तर रोजगार प्रक्रिया प्रणाली अन्तर्गतको भाषा परिक्षा लगायत आधारभुत मापदण्ड पुरा गरेर दक्षिण कोरिया आएका मोरङ्गका पैतिस बर्षिय दुई सन्तानका पिता एक युवक कोरियाको चार बर्ष दश महिना भिषा सकिन दुई दिन बाँकी रहँदै गर्दा सेक्सुअल हरेसमेन्ट काण्डमा समातिएर पाँच महिना कोरियाको खिमे स्थीत किम्छन जेलमा रहेको अबस्थामा किम्हे माईग्रेन्ट हाउसका संयोजक एंवम समाजसेवी यज्ञराज सुबेदीको बिषेश पहलमा यसै हप्ता रिहा भएका छन् ।

सन् २०१२ मा कोरिया प्रबेश गरेका ति युवक कोरिया आएको लगभग उन्नाइस महिनामै कम्पनिमा बिभिन्न समस्याले गर्दा कम्पनिबाट रिजाईन पेपर लिई सन् २०१४ को फेब्रुअरी महिनामा साथीको कम्पनिमा कामको लागि जाने क्रममा बाटोमा साथीको कम्पनि पनि नभेट्टाउनु अनि साँझ पनि झमक्क पर्न लागेको बेलामा छलाबुक्दो भन्ने स्थानमा हाई स्कुलकी एक युवतीलार्ई मोटेल (जहाँ सुत्न मात्र पाईन्छ तर नेपालीमा बुझदा होटल दिलाउँछ) कहाँ छ, म बस्न चाहान्छु, म थाकेको छु म खाना खाएर सुत्न चाहान्छु लगायत केहि कुरा कोरियन भाषामा भन्दा त्यसको गलत अर्थ ति युवतीले बुझेपछि ति युवती त्यहाँबाट भागेर हिडी आफनो बाबालार्ई जानकारी गराईएकी रहिछन् भने केहि छिनमा पछाडी अर्का कोरियन अर्धबैशे पुरुषलार्ई पनि उनै नेपाली युवकले त्यसैगरि सोध्दा नीज पुरुष कोरियन प्रहरी भएको र उसले नेपाली युवकलाई सहयोग गरि साथीको कम्पनि सम्म पुर्यायो । तर संयोग कम्पनिमा पुगेको एकघण्टापनि नबित्दै ती युवतीको बाबाले प्रहरीमा उजुरी दिएका कारण कम्पनिबाटै कोरियन प्रहरीले नियन्त्रणमा लिइ तीनघण्टाको केरकार पश्चात कोरियन भाषाको एक कागजमा सहिछाप गर्न लगाई उनलार्ई प्रहरी निगरानीमा राखी रिहा गरियो भने उनीपनि काम खोजेर काम मा फर्किए समय यसरी नै बित्यो ।

उनले कोरियाको चार बर्षे दश महिना भिषा अबधि पुरा गरि सन् २०१७ को फेब्रेअरी २० तारिख कोरियन एयरलाईन्सको उडानबाट नेपाल आर्ईपुग्ने बाँचाका साथ आफनी जिबनसंगीनीलार्ई काठमाण्डौ बोलाएका थिय । दुर्भाग्य कोरियाको र्ईन्छन एयरपोर्टबाट बोडिङ्ग पास लिर्ई अध्यागमन पार गर्नै लाग्दा अध्यागमन प्रहरीले उनलाई तत्काल गिरफ्तार गरि पहिल्यैको प्रहरी अनुसन्धानलाई आधार बनाई जेल पठायो ।

यसरी ती युवकले कोरियाको जेलमा मानसिक तनाबका साथ दिन बिताउँदै गए भने यस बिषयमा जानकारी डायनमिक मोरङ्ग भन्ने नेपाली संस्थाका केहि साथीहरुले समाजसेवी यज्ञराज सुबेदीलाई जानकारी गराए भने समाजससेवी सुबेदीले यस बिषयलाई चासोका साथ हेरी सत्यतथ्यलाई बुझी वकिल लगार्ई पक्ष बिपक्षमा लामो बहस गराई कोरियामा मोटेल भन्ने शब्दनै शेक्सुअल बिषयसँग सम्बन्धीत रहेको बिषयमा वकिलहरुबाट आधार बनाई अदालत समक्ष पेश गरि अदालतले युवकको भाषा नमिलेको भएतापनि भनाईको तात्पर्य गलत नभएको जनाउँदै उनलाई क्षतिपूर्ति दिलाई हिरासतमुक्त गर्नु भन्ने आदेशमा ती युवक जेल मुक्त भर्ई क्षतिपूर्तिको दाबीको लागि वकिललाई जिम्मा दिदै उनी आजै नेपाल प्रस्थान भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित