2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशिने कामदारले सरकारलाई तिर्ने शुल्क बढ्यो


साउन १६, काठमाडौं । सरकारले सोमबारबाट विदेशिने कामदारसँग लिने कल्याणकारी शुल्कमा वृद्धि गरेको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषका लागि लिइने शुल्कमा ५ सयदेखि १५ सय रुपैयाँसम्म वृद्धि गरिएको हो । यसले कामदारले यसअघि भन्दा अढाई गुणासम्म बढी शुल्क तिर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आज सोमबारबाट लागू हुने गरी ३ वर्षसम्मका लागि श्रम स्वीकृति लिएर विदेशिने कामदारसँग अब १५ सय रुपैयाँ शुल्क लिने भएको छ । त्यसैगरी ३ वर्षभन्दा बढी समयका लागि जानेले २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

यसअघि सबै किसिमका श्रम स्वीकृति लिनेका लगि १ हजार मात्रै शुल्क थियो । अब खाडी राष्ट्र जानेले सरकारलाई १५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने कोरिया, जापान, इजरायल, अमेरिका लगायत युरोपेली देशका वर्किङ भिसामा ३ वर्षभन्दा बढी अवधिका लागि जाँदा २५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

कल्याणकारी कोष विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएका र बिरामी परेकाहरुलाई क्षतिपूर्ति दिन बनाइएको कोष हो । कोषमा अहिले ४ अर्ब रुपैयाँ जम्मा भएको छ ।

बोर्डले सोमबारदेखि नै लागू हुने गरी विदेशमा मृत्यु भएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति ४ लाख रुपैयाँ बढाएको छ । अहिलेसम्म विदेशमा ज्यान गुमाएका कामदारका परिवारले ३ लाख मात्रै क्षतिपूर्ति पाउँदै आएका थिए ।

अब विदेशमा मृत्यु भएका कामदारका परिवार ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डले क्षतिपूर्ति रकम ७ लाख पुर्‍याउने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको थिएन ।

क्षतिपूर्ति बढाएपछि कल्याणकारी कोष बापतको शुल्क वृद्धि गर्नु परेको बोर्डको तर्क छ । क्षतिपूर्ति बढाएर सकारात्मक काम गरेपनि आर्थिक भार भने कामदारमाथि नै थोपारिएको छ । अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित